eNepal

देउवाको फोटो पोष्ट गरेपछि आसिफ फसेँ विवादमा

फिल्म ‘घामड शेरे’ फिल्मको पोष्टर र नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर कलाकार तथा निर्देशक आसिफ साह शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि उनी विवादमा मुछिएका थिए ।

उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए ।साहले माफी मागेका छन् ।

 

नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।

कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ’ सभापति कपिलले अगाडि लेखेका छन् ‘होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’

काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको विरोधपछि शाहले अर्काे एक स्टाटस पोष्ट गर्दै अघिल्लो पोष्टबारे स्पष्टिकरण दिएका छन् ।

‘मैले कोही व्याक्ति वा संस्थाको भावनामा चोट पुर्याउन चाँहेको थिइनँ । म कुनै राजनीतिक दलसँग नजोडिएको बताउन चाहन्छु’, उनले अगाडि लेखेका छन् ‘हल्का ठट्यौली मात्र गरेको थिएँ । तपाईंहरुलाई चोट परेको भए माफी माग्दछु ।’

माफीसँगै शाहले अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् । तर उनको अघिल्लो स्टाटस उनको पछिल्लो माफी भरिएको स्टाटसको कमेन्टमा उनकै फ्यानले पोष्ट गरिदिएका छन् ।

आसिफ केही पहिले प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ  का निर्देशक कलाकार हुन् । उनी पछिल्लो समय नेपाल आइडल होष्टको रुपमा समेत चर्चित छन् ।

‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । यो फिल्ममा आसिफको कुनै पनि भूमिका छैन । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा ‘रियललाइफ कपल’ स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal