eNepal

एनआरएनएको चुनाबमा कसले कति भोट पाए, आधिकारीक नतीजा यस्तो छ

एनआरएनएको चुनाव केही स्वभाविक र केही अस्वभाविक नतिजा निकाल्दै सकिएको छ । संस्थापन कांग्रेस र केही छुटेका कांग्रेसहितको समावेशी समुहबीच सिधा टक्कर रहेको प्रतिस्पर्धामा केही पदबाहेक अधिकांश समावेसी समुहले जितेको छ । यद्यपि, यो समुहलाई नेपालको सत्तारूढ नेकपाको समर्थन रहेकाले धेरैले वामपन्थी समुह पनि भनेका थिए ।

अध्यक्षमा समावेसी समुहका कुमार पन्तले १२१७ मत ल्याएर उनका निकटतम प्रतिस्पर्धी कुल आचार्यलाई १४७ मतान्तरले जितेका छन् । प्रजातान्त्रिक समूहका आचार्यले १०७० मत प्राप्त गरे । चार उपाध्यक्षमा समावेसी समुहका डा. बद्री केसी (११६३), अर्जुन श्रेष्ठ (१०२६) र सोनाम लामा (८९८) र प्रजातान्त्रिक समुहका मन केसी (९६१) मत ल्याइ विजयी भए । पराजित हुनेमध्ये प्रजातान्त्रिक समूहका डा. केशव पौडेलले ८७०, नरेन्द्र भाटले ७५९ र किरण बिक्रम मल्ले ४२३ मत ल्याएका थिए । यसैगरी धर्मराज अधिकारीले ७५५ र हिक्मतबहादुर थापाले ४१४ मत पाए ।

यसैगरी महिला उपाध्यक्षमा प्रजातान्त्रिक समुहकी रविना थापाले १२३२ मत प्राप्त गर्दै समावसी समुहकी सपिला राजभण्डारीलाई पराजित गरिन् । वर्तमान कार्यसमितिमा पनि महिला उपाध्यक्ष रहेकी राजभण्डारीले ८६३ मत मात्र प्राप्त गरिन् ।

महासचिवमा समावेसी समुहका डा. हेमराज शर्मा ११३९ मत प्राप्त गर्दै विजयी भए । उनकी प्रतिद्वन्दी प्रजातान्त्रिक समूहकी जानकी गुरूङले १०५३ मत प्राप्त गरिन् । 

यसैगरी कोषाध्यक्षमा प्रजातान्त्रिक समुहका सुदन थापाले पाएको भन्दा तीन गुना बढी मत ल्याएर महेश कुमार श्रेष्ठ विजयी भए । समाव्सी समुहबाट उम्मेद्वारी दिएका जापानी एनआरएन श्रेष्ठले १६५३ मत पाए । यस निर्वाचनमा सबैभन्दा लोकप्रिय मत पाउँने पनि श्रेष्ठ नै भए ।

सचिवमा समावेसी समुहका गौरीराज जोशी (९१६) र आर के शर्मा (८६८) विजयी भए । उनीहरूको विरूद्धमा उम्मेद्वारी दिएका प्रजातान्त्रिक समुहका शिवकुमार बरूवाल र अभिमानसिंह बस्नेतले ४९९ मत पाए । दुबै प्यानलमा पर्न नसकेपछि स्वतन्त्र उम्मेद्वारी दिएका विनय अधिकारीले २६८, दीपक प्रसाद ओलीले २७० र सुष्मा लिम्बूले ४४१ मत प्राप्त गरे । 

यसैगरी सहकोषाध्यक्षमा पनि समावेसी समूहकै लोकप्रसाद दाहाल विजयी भए । उनले ११८४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गोविन्दप्रसाल गौतमले ८५२ मत पाए । 

महिला संयोजकमा भोमादेवी लिम्बू ७०२ मत ल्याइ विजयी भइन् भने युवा संयोजकमा विजयी हिमाल गुरूङले ७६८ मत पाए । 

अन्य कुन कुन पदमा को को बिजयी भए ? कसले कति मत पाए, त्यसका लागि यहाँ सूची समावेस गरिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal