eNepal

गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । 

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । 

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । 

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal