eNepal

बसेर खाना खानुका फाइदा

एजेन्सी– आजको व्यस्त जीवनमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् । तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक समस्या पनि हुन सक्छ । 

 उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्छ । त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ । 

भुइँमा बसेर खाना खाने बेलामा हामी जुन तरिकाले बस्छौँ, त्यो योगको एउटा प्रकारसँग मिल्दोजुल्दो छ । खुट्टालाई मोडेर बस्नु, खाना खाने थाल थाल्नका लागि अगाडि झुक्नु अनि फेरि सीधा भएर खाना खानुले पेटमा रहेका मांसपेसीको डाइजेस्टिभ जुस निकाल्न सहयोग गर्छ जसले खाना सजिलैसँग खाना खाने गर्छ ।

दिनहुँ भुइँमा बसेर खाना खानाले शरीर अझै लचकदार हुन्छ । भुइँमा बसेर हामी जुन तरिकाले खाना खान्छौं त्यी ढाडका लागि पनि राम्रो हुन्छ जसले गर्दा ढाडसँग सम्बन्धित पीडा पनि कम हुन्छ । 

बसेर खानाले पेट पनि छिटो भरिन्छ । त्यही बेला उभिएर खाना खाँदा मान्छेले बढी नै खाना खान्छ । त्यसैले बसेर खाना खानु शरीरलाई तन्दुरुस्ती राख्नका लागि पनि अति उत्तम हुन्छ ।

उभिएर खाना खाँदा हामी धेरै झुक्छौँ । सधैँ यस्तो गर्नुले यसको असर मेरुदण्ड पर्न सक्छ । 

भुइँमा बसेर खाना खानाले शरीरको रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । पलेँटी कसेर बस्नाले नसा खुम्चिने समस्या पनि हट्छ । 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal