eNepal

फिफा विश्वकप छनोट खेल्न अस्ट्रेलियामा तयारी गर्दै नेपाली टोली

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट चरणमा अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बिहान अस्ट्रेलिया पुगेको छ ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली बुधबार नै त्यसतर्फ लागेको थियो । आज बिहान अस्ट्रेलिया पुगेको नेपाली टोलीलाई अस्ट्रेलियन नेप्लीस फुटबल एसोसियसन (एन्फा) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन् ।

अस्ट्रेलिया पुगेको नेपाली टोलीका कप्तान किरण चेमजोङले आफुहरुले सकेसम्म राम्रो खेल्ने बताएका छन् ।

‘विश्वकप खेलिसकेको टिमसँग खेल्न पाउँदा हामी निकै खुसी लागिरहेको छ,’ कप्तान चेमजोङले भने ।

त्यसै गरी, नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले अस्ट्रेलिया बलियो टिम रहेपनि नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे ।

विश्वकप छनोट अन्तर्गत समूह बिमा रहेको नेपालले यहि महिना अस्ट्रेलियासँगै जोर्डनसँग पनि खेल्नेछ ।

५ दिनको अन्तरालमा नेपाली टोलीले दुई टिमसँग खेल्नेछ ।

अस्ट्रेलिया जान लागेको नेपाली टोलीले अस्ट्रेलियामा रहँदा सिड्नीस्थित क्याम्पबेलटाउनको एक क्लबको होस्टल र त्यसैको मैदानमा अभ्यास गर्ने बताइएको छ ।

अस्ट्रेलियाको हावा पानीसँग मेल खाने गरि त्यहाँ अभ्यास गर्ने वातावरण मिलाइएको स्थानीय आयोजकले जनाएको छ ।

कप्तान किरण चेमजोङको नेतृत्वमा नेपालले पहिलो पटक अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।

यसअघि २ खेल खेलेको नेपालले ३ अंक जोडेको छ भने अस्ट्रेलियाविरुद्ध हार जोगाउने लक्ष्यसहित त्यसतर्फ लागेको छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal