eNepal

अस्ट्रेलीयामा इतिहाँस रच्दै नेपाली कथानक चलचीत्र कबड्डी कबड्डी कबड्डी

शुक्रबार देखि प्रदर्शनमा आएको नेपाली चलचीत्र कबड्डी कबड्डी कबड्डीले अस्ट्रेलीयाका सबै स्टेटमा आक्रामाक शुरुवात गरेको छ।सिड्नीका चार शोहरु शोल्ड आउट भईसकेको छ भने मेल्बोर्नको शुक्रबारको शो शोल्ड आउट भएको थियो भने सोमबारको शो पनि सोल्डआउट भईसकेको छ। त्यस्तै ब्रिस्बेनमा एकैदिनमा तिन शोहरु सोल्ड आउट भएको छ। होबार्टको आजको सो पनि सोल्ड आउट भएको छ। क्यानबेराको हिजोको शो पनि सोल्ड आउट भएको छ। सबै स्टेटका आयोजकहरुले शो थप गर्ने जनाएका छन्।

बहुप्रतिक्षित यस फिल्मले बम्पर सुरुवात मात्र गरेको छैन ओपनिङ डे कलेक्सनमा समेत रेकर्ड राखेको छ । सम्भवत कबड्डी कबड्डी कबड्डी पहिलो दिनमा सर्वाधिक कलेक्सन गर्न सफल फिल्म बनेको छ । फिल्मले शुक्रबार मात्रै १ करोड ४७ लाख कलेक्सन गर्न सफल भएको छ । 

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको अभिनय रहेको छ ।

सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्य रहेको फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal