eNepal

मेल्बोर्नको दोरीन मरिन्डा नेपाली समुदायद्वारा बाल विकास पाठशाला सन्चालनमा ल्याउने

मेल्बोर्नको नर्थ ईस्ट क्षेत्रमा रहेको दोरीन मरिन्डा नेपाली समुदायले अस्ट्रेलीयामा जन्मी हुर्केका दोश्रो पुस्तालाई नेपाली भाषा र नेपाली नृत्यको प्रशिक्षण दिने हेतुले यहि १२ अक्टुबरबाट नेपाली भाषा र नेपाली नृत्यको कक्षा सन्चालनमा ल्याईने तयारी गरेको छ। 

हरेक शनीबार बिहानको दश बजेबाट १२ बजे सम्म सन्चानल हुने कक्षालाई दुई समुहमा बिभाजन गरेर नेपाली कक्षा र नृत्यको तालीम दिने छ। हाललाई हरेक ट्रमको पचास डलर फी राखिएको छ भने १० डलर भर्ना शुल्क तय गरिएको छ। 

बिदेशमा जन्मेर हुर्किदै गरेका बालबालीकाहरु पश्चिमा भाषा र सँस्कृतीमा रमाउँदै गर्दा कतै आफ्नो मौलीक भाषा र सँस्कृती भुल्ने पो हुनकी भन्ने चिन्ताको बिषय अहिले प्राय अभिवावकहरुमा बढ्दै गएको छ। मेल्बोर्नमा मात्र हाल आठवटा बिभीन्न ठाउँमा नेपाली भाषा र नृत्यका कक्षाहरु सन्चालनमा रहेका छन्। बाल चौतारी प्रेस्टोन,  बाल चौतारी वेस्ट, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली भाषा स्कुल र भुट्निज नेपाली ईथिनीक स्कुल मेल्बोर्न आदीमा नेपाली भाषाको पठनपाठन गरिदै आएको छ। 

८२ घरमा नेपालीहरुको बसोबास रहेको मेल्बोर्नको नर्थ ईस्ट क्षेत्रमा पक्कैपनि बाल विकास पाठशालाले त्यहाँ वरिपरी रहनु भएका बिधार्थी भाईबहिनीहरुलाई नेपाली भाषा बोल्न र सिक्नमा मद्दत पुर्याउने कुरामा ढुक्क रहेको कुरा दोरीन मरिन्डा नेपाली समुदायका कोअडीनेटर सुनील मैनालीले बताउनु भयो। गएको सालबाटै कक्षा सन्चालन ल्याउने तयारी गर्दा गर्दै कहिले शिक्षकहरुको समय नमिल्ने कहिले कक्षाको लागि भेन्यु नमिल्ने भएकोले अल्झिएको थियो तर अव भने काउन्सिलबाट भेन्यु मिलेको र शिक्षकहरु पाईएकोले कक्षा निरन्तर हुने जानकारी दिनु भयो। 

बिधालय कोअडीनेटरमा सुदीप श्रेष्ठ र अन्जु अधिकारी हुनुहुन्छ भने कृष्ण चालिसे र समा शर्माले नेपाली भाषा अध्यापन गराउँदै हुनु हुन्छ। त्यस्तै नृत्य प्रशिक्षकमा सम्झना उप्रेती र सुस्मिता खरेल रहनु भएको छ।

दोरीन मरिन्डा नेपाली समुदायले आउँदै गरेको दशै तिहारको अवसर पारेर दशै तिहार छठ पर्व र म्ह: पुजाको शुभकामना आदनप्रदान कार्यक्रम २६ अक्टुबरका दिन नर्थ साईड पिक्नीक स्पोर्ट, Yan Yean Reservior Park मा आयोजना गर्दैछ भने आगामी १० अक्टुबरका दिन क्यानबेरामा हुने अस्ट्रेलीया र नेपालको वल्डकप छनौट खेलमा समर्थन जनाउनका लागि बार्हजनाको टोली क्यानबेरा जाने तय भएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal