eNepal

“पदुवाहरु”लाई मौका : “पाद प्रतियोगोता” हुँदै, जित्नेलाई ट्रफी सँगै नगद पुरस्कार पनि !

एजेन्सी, पेटभित्र पाचन क्रियाको क्रममा विभिन्न प्रकारका ग्याँसहरु उत्पन्न हुन्छन् । ती ग्याँसहरु कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छन् । पेटको अपच वायु निस्कनुलाई पाद्नु भनिन्छ।

सार्वजनिक स्थानमा पाद्नु अस्वाभाविक र लाजमर्दो हुन सक्छ। तर, लाजमर्दो नै भए पनि पाद रोक्न भने कहिले काहीं गार्है पर्छ। स्वास्थ्यको हिसाबले पाद्नुलाई महत्वपूर्ण प्रक्रियाको रुपमा लिइन्छ। यधपी सामाजिक मूल्य-मान्यताले सार्वजनिक स्थानमै पाद्न भने लज्जित बनाउन सक्छ।

यहि मान्यतालाई चुनौती दिनको लागि नेपालको छिमेकि मुलुक भारतमा देशकै पहिलो “पाद प्रतियोगोता” हुने भएको छ। प्राप्त जानकारी अनुसार यस प्रकारको प्रतियोगिता भारतको सुरत शहरमा हुन लागेको हो।

समाचारमा आए अनुसार सुरत निवासी ४८ वर्षीय यतिन सांगोईले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन्। भारतकै पहिलो यस प्रतियोगिता नवरात्रिभन्दा एक हप्ता अगाडी आयोजना गर्ने उनको योजना छ।

यस प्रतियोगितामा सहभागी हुन चाहनेहरुको लगी फेसबुक मार्फत खानेकुरा बारे जानकारी दिने र प्रतियोगिता सहभागी गराउने उनको तयारी छ।

आलु, भटमास। गेडा-गुडी, मुला लगायत खाएर प्रतियोगितामा भाग लिन सकिने उनले एक अन्तर्वार्तामा बताएका छन्। उनी भन्छन्,”कुनै एक समयमा सार्वजनिक स्थानमै पाद्नु कुनै ठूलो कुरा थिएन, त्यसरी लज्जित हुनुपर्ने अवस्था थिएन। तर अहिले पादलाई हामी सामान्य रुपमा लिँदैनौं।”

सुरतमा प्रतियोगोता सफल भएको अवस्थामा यस प्रतियोगितालाई अन्य भारतीय शहरमा पनि आयोजना गर्ने उनको योजना छ। ” दिपावली पछि अहमदाबाद, डिसेम्बर सम्ममा मुम्बई र कोलकातामा पनि प्रतियोगोता गर्ने मेरो योजना छ।”,उनले एक अन्तर्वार्तामा भनेका छन्।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार भारतीय रुपैंयासंग मेडल-ट्रफी समेत दिइने उनको भनाइ छ।

उनले मिडियाहरुमा दिएको जानकारी अनुसार ठूलो आवाज निकालेर पाद्ने र धेरै गनाउने पाद्नेलाई विजेता घोषणा गरिनेछ। यस प्रतियोगितामा जो-कोहि पनि सहभागी हुन पाउनेछन्।

आयोजक यतिन सांगोई एक गायक समेत रहेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal