आज मेल्बोर्नको पश्चिम टार्नेट स्थित राईज प्राईमरी स्कुलमा अन्तरास्ट्रिय योगा दिवशको अबसरमा नेबरउड वाच टार्नेट सेन्ट्रलद्वारा आयोजना गरिएको योगा शिवीर अनि कम्युनिटी अवार्ड समारोहमा नेपाली मुलका डा. युगेन्द्र रेग्मी, नारायण काफ्ले र बर्षा केसी राज भण्डारी सम्मानीत हुनु भएको छ। बिगत लामो समय देखी आफ्ना दैनिक आधारभुत कामबाट केही समए समुदाएका लागि खर्चिएर समुदाएमा सक्रिए रहनु भएको वहाँहरुलाई काउन्सिलर जोन गिबन्सद्वारा सम्मानित गरिएको थियो। त्यस्तै सहयोगीका रुपमा रन्जन श्रीवास्तव र ग्रान्ड भ्यु होम्सका प्रदीप कुमार दासलाई सम्मान गरिएको थियो।

योगा गुरु बिजयाको योगाबाट शुरुवात भएको कार्यक्रममा बिभीन्न समुदाएबाट नृत्य, गायन लगाएत अन्य क्रियाकलापहरु भएको थियो।
सो कार्यक्रममा प्रमुख अतिथीका रुपमा एमपी जोयन राएन, एमपी कोसल्या भागेला, एमपी साराहा कोनोली, काउन्सिलर जोन गीबोन्स, वाल्टर भिलागोन्जालो, ईन्ताज खानको उपस्थिती थियो।
नेबरउड वाच टार्नेट सेन्ट्रलका प्रेसीडेन्ट सिद हेदर हुसैनद्वारा एमपी साराहा कोनोली , सचिव सन्जय सेट्ठीद्वारा एमपी कोसील्या भागेला अनि मिडीया स्पोक्सपर्सन साथै कार्यकारी सदस्य हिमा हिमानीबाट जोयन रायनलाई मायाँको चिनो दिएर सम्मान गरिएको थियो। त्यस्तै भेन्कट नोकालाद्वारा वाल्टर, बिजयाद्वारा जोन गीब्सन र ईन्ताज खानलाई सम्मान गरिएको थियो।
भिक्टोरीया प्रहरीबाट अमान्डा युङ, क्रिस्टी वरिफा, सिनीयर कन्सटेबल रायन किङ, कन्सटेवल जस्टीन होलान्दर, सर्जियन्ट जुलियन फ्रेजर, सिनीयर कन्सटेबल जोश जेल्डेस, YSAS का एमा, डोम बेहन र डेवीड बिच सम्मानित भएका थिए।

चिईनिज समुदाएबाट जोडन एलबी, जोन्सोन जियान, फिलीपिनो समुदाएबाट आर्नेल नाकोर, भर्नोन बाउदो, ट्रुगनिनी फाएर बिगरेडका तर्फबाट माईकल एबोट, एसईएस गेराल ग्रीनवुडबाट डेनियल वाल्कर र जेसन होफमेन, मेल्बोर्न तेलेङ्गना फोरमबाट प्रवीन, राजु, भेन्कट निकाला सम्मानित भएका थिए। अफ्रीकन समुदाएबाट रिचार्ड डेङ, भिक्टोरीयन बङ्गलादेशी समुदायबाट राक्युब देवान, काजी ईकवाल हुसैन, नुसरत ईस्लाम वोर्षा, ट्रुगनिना क्रिकेट क्लवका हुसैन एमद सम्मानित भएका थिए।
उक्त कार्यक्रममा क्लव ६०का भाङ्रा मेनबाट पन्जावी नृत्य प्रस्तुत गरिएको थियो भने २० जना बङ्गलादेशी साना नानीहरुबाट मौलिक नृत्य प्रस्तुती रहेको थियो। त्यस्तै श्रुती पारेपली र पद्म चिलकामरी कुचीपुडी नृत्य प्रस्तुत गरिएको थियो।

