eNepal

विदेशी बुहारीलाई ७ र ज्वाइँलाई बिहेको १५ वर्षपछि नागरिकता !

विदेशी बुहारीलाई बिहेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता दिइने भएको छ । त्यसअघि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र दिइनेछ ।

सरकार र राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयको तयार पारेको प्रस्तावअनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने छैनन् । सुरुमा वैवाहिक नेपाली परिचयपत्र पाउनेछन् र बिहे गरेको सात वर्षपछि मात्र वैवाहित अंगीकृत नागरिकता पाइनेछ ।

हाल नेपाली पुरुषसँग बिहे गर्ने महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउनेछन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकमा पनि यही व्यवस्था छ तर नेपाली नागरिकता लिएको ६ महिनाभित्र अन्य देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था थियो । तर छलफलमा सांसदहरुले महिला र पुरुषबीच विभेदकारी व्यवस्था भएको बताए । यसमा लामो समय बहस भयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा उभिएको छ । नेपाली कांग्रेसले भने हालै मात्र अन्तरिम संविधान २०६३ अनुसार नै हुनुपर्ने बताएको छ ।

ज्वाइँलाई १५ वर्ष

प्रस्ताव हुबहु पास भएर कानून बनेमा विदेशी ज्वाइँलाई पनि नेपाली नागरिकता दिने बाटो खुल्नेछ ।

हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन । १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेकाहरुले बसोबासका आधारमा नागरिकता पाउन सक्छन् ।

तर, समितिमा सांसदहरुले महिला र पुरुषबीच विभेद गर्न नहुने आवाज उठाए । त्यसअनुसार नेपाली महिला नागरिकहसँग बिहे गरी १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिन सकिने प्रस्ताव आएको छ । जसमा नेपाली महिला नागरिकसँग बिहे गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको विदेशी पुरुषलाई नागरिकता दिने उल्लेख छ ।

साथै अरू मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

Source: Annapurna Post

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal