eNepal

मेल्बोर्नका सात नेपाली भाषा अध्यापन गराउने बिधालयको सहभागीतामा न्याभ बाल दिवश हुँदै

हरेक बर्ष जसो यस वर्ष पनि नेप्लिज एसोशियसन अफ भिक्टोरीया न्याभले बाल दिवस आयोजना गर्ने भएको छ। १५ सेप्टेम्बर आईतवारका दिन १०:३० देखी ३:३० बजे सम्म हुने सो कार्यक्रम कोबर्ग टाउन हलमा हुँदैछ।

मेल्बोर्नमा नेपाली भाषा पठनपाठन गराईने सात बिधालयहरु सहभागीता जनाउँदै गरेको यस बर्षको न्याभ बाल दिवसमा नृत्य, हाँजिरजवाफ, फेस पेन्टिङ लगाएत किड्स स्पिच, ट्यालेन्ट सो, ड्रामा, फ्लोर एक्टिभीटिज, जुम्बा डान्स, फेसन परेड लगाएत बिभीन्न खेलहरु रहेको छ। त्यस्तै मेल्बोर्नबाट भिसीई ग्राजुएट फेलिसिटेसन बिधार्थीहरुलाई मायाँको चिनो प्रदान गरिने छ। यसको लागि तलको लिङ्कमा गएर रजिस्ट्रेसन गर्नु पर्ने छ। 

https://docs.google.com/forms/d/e/1FAIpQLScAV8iIhPT5esHdq1wq1qch5QDksLyNOXBuN0JD8xfhHNYDVw/viewform

यस पाली बाल चौतारी प्रेस्टोन, बाल चौतारी वेस्ट, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली भाषा स्कुल र भुट्निज नेपाली ईथिनीक स्कुल मेल्बोर्नले सहभागीता जनाउँदै छन्।

सन् २००५ बाट न्याभले हरेक बर्ष बाल दिवश मनाउँदै आएको छ। बढ्दो नेपालीहरुको सँख्यासँगै हरेक बर्ष बिधार्थी भाई बहिनीहरुको सहभागीता बढ्दै गएको छ। गएको साल करिव २३० जना बालबच्चाहरुले सहभागीता जनाएका थिए। बिषेशत: बिदेशमा जन्मी हुर्केका दोश्रो पुस्तालाई नेपाली मौलीक कला सँस्कृती भाषाको बारे जानकारी दिने हेतुले हरेक बर्ष बाल दिवस मनाईने गरिन्छ। 

यस कार्यक्रमको ईभेन्ट पाट्नरमा अजिज ग्रुप रहेको छ भने हस्पिटालीटी पाट्नरमा बिग बेली रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal