eNepal

कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु

एजेन्सी । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । 

त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ । 

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ, ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले वृद्धाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा उनको मृत्यु भएको देखिन्छ,’ अनुसन्धान पेपरमा लेखिएको छ । 

यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भालेभन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार देखिन्छ ।

प्याथोलोजिष्टले अनुसन्धानको क्रममा वृद्धामा उच्च रक्तचाप, रगतमा अत्यधिक मात्रामा बोसो, मधुमेह र रक्तनली सुन्निनेजस्ता समस्या रहेको पाएका थिए । 

‘यो घटनाले के देखाउँछ भने यदी तपाईंमा निश्चित प्रकारको रक्तनलीको समस्या छ भने समान्य घरेलु जीवले पनि प्राणघातक चोट पुर्याउन सक्छन्,’ पेपरमा निश्कर्ष दिइएको छ । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal