eNepal

एनआरएनए अष्ट्रेलियाको बैठक सम्पन्न, स्पोर्ट्स फण्डमा १२ हजार डलर छुट्याईयो

गएको ३१ अगस्टका दिन बर्तमान अध्यक्ष केशब कंडेलको अध्यक्षतामा एनआरएनए अष्ट्रेलियाको पहिलो बैठक सम्पन्न भएको छ। पहिलो बैठकमा धेरै महत्वपूर्ण निर्णय गरेको छ ।पहिलो बैठकले अष्ट्रेलियामा रहेका खेलकुदलाई प्राथमिकतामा राख्दै १२ हजार अष्ट्रेलिया डलर छुट्टाएको छ । यसरि नै टुवाम्बामा संचालित नेपाली पाठशालाका लागि किताब/कापी लागएत अन्य कार्यका लागि एक हजार डलर प्रदान गर्ने पनि निर्णय गरिएको छ ।

त्सस्तै आउदो १० अक्टोबरमा क्यानबेरामा हुन गइरहेको नेपाल र अष्ट्रेलियाबीचको विश्वकपको छनौट चरणको सकर खेलमा सहभागी हुन नेपालबाट आउने सकर टिमलाई उच्च सम्मान प्रकट गर्दै उनीहरुको अष्ट्रेलिया बसाइलाई सहज बनाउदै उनीहरु को यहाँको बसाइमा सक्दो सहयोग गर्न एनआरएनए अष्ट्रेलियाको युथ फोरमले एन्फा संग सहकार्य गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नेपाली डायस्पोरा पोलीसी ईन्सटिच्युट अस्ट्रेलीयाले तत्काल आफ्नो कार्य सुचारु गर्ने लगाएत एनआरएनएको वेभसाईटको रिडिजाईन चाँडो भन्दा चाँडो गर्ने समेत निर्णय गरेकोछ। नेपाल भ्रमण बर्ष २०२० को पुर्ब सन्ध्यामा हुदै गरेको उक्त सकर खेलमा दुताबाससंग समन्यवय गरि प्रभाबकारी ढंगले सहयोग पुराउन एनआरएन एसीटिको तर्फबाट चुडामणि सापकोटाको नेतृत्वमा कार्य अगाडी बढाउन बैठकले निर्णय गरेको छ ।

बैठकका अन्य निर्णयहरु मा एनआरएनए अष्ट्रेलिया फाउन्डेसन र नेपाली डायस्पोरा पोलिसी इन्स्टिच्युटका कार्य छिटो संचालन गर्न र प्रभाबकारी बनाउने हेतु छिट्टै वर्कशपको आयोजना गरिनेछ । उक्त वर्कशपमा एकेडेमिक र प्रोफेसनल लगाएतका बिज्ञ ( think tanks ) हरु लाई सहभागी गराई उदेश्य र कार्ययोजाना तय गरिनेछ । यसै गरि एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय सदस्यहरु लाई बिबिध कुरामा सहुलियत योजना लागु गर्ने उदेश्य सहित संस्थाकी सचिब उषा किरण बारिया पोख्रेलको संयोजकत्वमा National Membership benefit team गरिएको छ उक्त टिमको सहसंयोजकमा संस्थाका कोषाध्यक्ष अनिल पोख्रेल छन्।

उक्त टिमले छिटै यसका बारेमा प्रोपोजल तयार गर्ने छन् जसलाई संस्थाका महासचिब र एनएसडब्लु स्टेट को-अर्डिनेटर देब गुरुङले सहजताको भूमिका निभाउदै पहिलो चरणमा एनएसडब्लुका नेपाली ब्यबसायीहरु परामर्श गरिनेछ र अन्य स्टेटहरु मा बिस्तारै परामर्श लिईनेछ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal