eNepal

अस्ट्रेलियामा ८० प्रतिशत कामदार काम गर्ने ठाउँमै घाइते वा बिरामी, यस्तो छ कारण

अस्ट्रेलियामा पाँचमध्ये चार कामदार असुरक्षित कार्यप्रणालीका कारण घाइते र बिरामी भइरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले यो खुलासा गरेको हो । 

वर्क शुडन्ट हर्ट (कामले चोट दिनुहुँदैन) नामक यस सर्वेक्षणको नतिजा अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्सले केही दिनअघि जारी गरेको हो । कुल २६ हजार कामदारमाथि सर्वेक्षण गरिएको थियो । 

सर्वेक्षणले लगभग ८० प्रतिशत कामदार कामकै कारण घाइते, बिरामी वा दुवै भइरहेको देखाएको छ । अनि १६ प्रतिशत कामदारले कामकै सिलसिलामा ज्यान गुमाउने मानिसका बारेमा थाहा पाएका छन् । कामसँग जोडिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । 

सर्वेक्षणमा ४७ प्रतिशत सहभागीहरूले विगत १२ महिनामा कामका बेलामा पीडादायी स्थिति सामना गर्नुपरेको थियो । अनि ३१ प्रतिशतले सहकर्मी र ग्राहकले आफूलाई गाली गरेको, धम्की दिएको वा कुटपिट गरेको बताए । पाँचमध्ये तीन कामदारले विगत १२ महिनामा खराब मानसिक स्वास्थ्यको सामना गर्नुपरेको बताए किनकि रोजगारदाताले असुरक्षित कामकाजी स्थितिलाई सुधार्न सकेका छैनन् । 

एसीटीयूका सहायक सचिव लियाम ओब्रायनले फेयरफ्याक्स मिडियासँग सोमवार कुरा गर्दै चोट लाग्ने वा मानसिक स्वास्थ्य बिग्रने घटनाबाट पूरै बच्न सकिन्थ्यो भने । उनले भने, ‘काममा कसैलाई पनि मानसिक वा शारीरिक कष्ट हुनुहुँदैन । वर्क शुडन्ट हर्ट सर्वेक्षणबाट धेरै कामदारले काममा हिंसा, प्रताडना र खराब कामकाजी स्थितिको सामना गर्नुपरेको देखाउँछ जबकि यीमध्ये धेरैजसोलाई रोक्न सकिन्छ ।’

एजेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal