गएको आईतबार पेग्स सकर क्लबसँग बराबरीको खेल पछि रोयल वेस्टर्न क्लब भिक सकर लिग डिभीजन वान वेस्ट च्याम्पियन बनेको छ। सुरज पौडेलको दुई फ्रि किकले मद्दतको मद्दतले च्याम्पियन बनेको हो। रोयल वेस्टर्न क्लबले १६ वटा खेलमा ११ खेलमा विजय हाँसील गरेको थियो छ भने तिन खेल बराबरीमा रोकेको थियो र दुई खेलमा हार बेहोरेको थियो।
उक्त टुर्नामेन्टमा पेग्स सकर क्लब ए, मेल्बोर्न युनिभर्सिटी सकर क्लब ब्लुज, मेल्बोर्न युनिभर्सिटी सकर क्लब रेन्जर्स, पेग्स सकर क्लब बी, फुट्स्क्रे हिमालयन फुटबल क्लब, अल्बियन थन्डर्स, अजाड क्लब मेल्बोर्न, फुट्स्क्रे युनाईटेड रेन्जर्स ए, फुट्स्क्रे युनाईटेड रेन्जर्स बी आदीले सहभागीता जनाएका थिए।
रोयल वेस्टर्न क्लबका मेनेजर अनुज श्रेष्ठ हुन् भने कोच रामोस हुन्। यस क्लवमा अमीत थापा, स्वदेश थापा, सुजत भण्डारी, साजन बस्नेत, आयुष लामा, कुङ्गा छोतेन शेर्पा, विनील बजगाई, उत्सव थापा, विजय खड्का, योगेश चन्द ठकुरी, विजील प्रजापती, सम्राट व्यन्जनकार, सुरज पौडेल, अभिसेक सुनुवार, रुजन श्रेष्ठ, प्रज्वल बस्नेत, उज्जल अधिकारी, सुजन सिङ, अमरजङ आदी खेलीडी रहेका छन्।
लिगको च्याम्पियन भईसकेको रोयल वेस्टर्न क्लबले आगामी १८ अगस्ट बिहान दश बजे अल्बियन थन्डर्ससँग Wallace Reserve, Glenroy मा खेल खेल्दैछ।

