eNepal

एनआरएन युके निर्वाचनको लागि ३ जना अध्यक्षका उम्मेदवारले चुनावी मैदान छोडे

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आसन्न निर्वाचनको लागि अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका ५ जना मध्य ३ जनाले चुनावी मैदान छोडेका छन् । अध्यक्षको पदमा उम्मेदवारी दिने भन्दै पटक पटक सार्वजानिक रुपमा अभिव्यक्ती दिदैं आएका प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले चुनावी मैदान छोडेका हुन् ।

उनीहरुले मंगलवार अल्डरशटमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका अर्का अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी ललित न्यौपानेले एनआरएनए सानो घेरामा राखेर समाजको हित नहुने वताए । उनले चार जना साथीहरुले मिलेर जाने प्रस्ताव ल्याएको त्यसलाई आफुले स्वीकार गरेको वताए । उनले सक्षम नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।

अर्का प्रत्यासी शुसिला राईले आफ्नो उम्मेदवारी फिर्ता लिदैं शेर सुनारलाई सहयोग गर्ने वताउँदै आइसीसी सदस्यमा उम्मेदवारी दिने घोषणा गरिन् ।

अर्का प्रत्यासी प्रेम गाहामगरले पुरानो प्रथाबाट सदस्यता वितरण गरेका कारण आफु अध्यक्षको उम्मेदवारीबाट पछि हटेको वताए । उनले सदस्यता वितरण प्रणाली गलत भएको दावी गरे । उनले दलितजातिबाट एनआरएनको नेतृत्व भएमा पूर्ण समावेशी हुने भएका कारणले शेर सुनारलाई अध्यक्षमा समर्थन गरेको वताए । उनले अध्यक्षको उम्मेदवारीको फिर्ता लिदै पुनः उपाध्यक्षमा उठ्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी शेर बहादुर सुनारले सबै जना मिलेर अगाडी बढे मात्र एनआरएन पूर्ण हुने वताए । उनले यसअघि संघले दिएको जिम्मेवारी पुरा गरेको स्मरण गरे । उनले आफ्नो योगदानको कदर गर्दै आगामी निर्वाचन अध्यक्ष पदमा विजयी गराउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा शसांक शर्मा, नारायण कंडेल, प्रवेश केसी, ओम थापा, एनआरएनएका पूर्व सल्लाहकार विश्वआर्दश पण्डित लगायतले शुभकामना दिए ।

१४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि निर्णायक शक्तिको रुपमा रहेको मिडल्याण्डवासीले १९ सय सदस्य सहित अध्यक्षकी प्रत्यासी पुनम गुरुङलाई सहयोग गर्ने घोषणा गरे लगत्तै उनीहरु शेर सुनारको पक्षमा उभिएका हुन् ।

सोमबार साँझ मात्र मिडल्याण्डबासी र पुनम गुरुङ पक्षले लिखित रुपमा चार बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

साभार: नेपालब्रिटेन.कम

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal