eNepal

एन आर एन ए अस्ट्रेलिया बिरुद्ध सुप्रिम कोर्टमा मुद्दा दर्ता, कानूनी उपचार लिन किन बध्यता

गएको शनिबार मात्र एनआरएनएको आठौ सम्मेलन सकिएर शपथ ग्रहण भई सकेको अवस्थामा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका विरुद्ध सुप्रिम कोर्टमा मुद्दा दायर भएको छ । विधानविपरित निर्वाचन सम्पन्न गरेको, विधान विपरित फर्जी सदस्यता बनाएको, निर्वाचनमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएको, निर्वाचन प्रभावित गर्नका लागि सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग गरेको लगायतका दावीका साथ निर्वाचनको नतिजा खारेज गर्नुपर्ने माग गर्दै भिक्टोरियाका गणेश गौतम, न्यूसाउथवेल्सकी सविना न्यौपानेसहित ३२ जना सदस्यको तर्फबाट वकिलले गत शुक्रबार अगष्ट ९ तारिखका दिन मुद्दा दर्ता गरेका हुन् । 

पटक पटक आपसी छलफलको माध्यमबाट  उठाएका बैधानिक प्रक्रियाका सवालहरुको बिधान सम्बत समाधान गर्ने प्रयासको कुनै सुनवाई नभएर विफल भएपछि, वोकिल मार्फत बिधान सम्बत समाधान खोज्न कार्यकारी कमिटिलाई पत्राचार गरिएको थियो। त्यसपछि पनि लगाताररुपमा कार्यकारी कमिटिसंग आपसी छलफल र बार्ता बाटनै समाधान खोज्ने हदैसम्मको प्रयास जारी रहेको थियो । यसका बाबजुद कार्यकारी कमिटिले तानासाही रुपमा प्रस्तुत हुदै  छलफल र बार्ताको प्रयासलाई लत्याउदै, वार्ता र समाधानका सम्भावनाका सम्पूर्ण  ढोकाहरु  पूर्ण रुपमा बन्द गरेको कारण अदालती कारबाहीको प्रक्रिया बाहेक अर्को कुनै विकल्प नभएको भन्दै अदालती कारबाहीको प्रक्रिया अगाडी बढाएको भिक्टोरियाका गणेश गौतमले बताउनु भएको छ । 

कानुनी उपचारको बाध्यता किनः 

विधानविपरित निर्वाचन सम्पन्न गरेको, विधान विपरित फर्जी सदस्यता बनाएको, निर्वाचनमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएको, निर्वाचन प्रभावित गर्नका लागि सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग गरेको लगायतका दावीका साथ निर्वाचनको नतिजा खारेज गर्नुपर्ने माग गर्दै आवाज उठाउँदै आउनु भएका भिक्टोरियाका गणेश गौतम भन्नु हुन्छ-

एन आर एन ए  नेपाल भन्दा बाहिर बसोबास गर्ने नेपाली मूलका  र नेपाली समुदायका मानिसहरुको ज्ञान, सीप, पूंजी र अन्य स्रोतहरुको उपयोग गरी नेपालको समग्र विकासमा योगदान पुर्‍याउने आधारभूत लक्ष्यका साथ स्थापना भएको एक सामुदायीक संस्था हो, साथै विभिन्न देशहरुमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने र नेपाली संस्कृति, भाषा र सम्पदाको संरक्षण गर्ने यसको मुलभूत लक्ष्य हो ।

बिगत १५ वर्ष देखि एन आर एन ए माथिका उदेश्य र लक्ष्य भन्दा बिपरित केवल राजनीतिक चलखेल गर्ने  र ब्यापारिक स्वार्थ पुरा गर्ने माध्यम बन्दै आएको  छ । नेपाली समुदायको हक हितमा काम गर्ने सामुदायीक संस्था भन्दा पनि  केहि सिमित समुहको जुँगाको लड़ाईको मैदान बनेको र  राजनीतिक र ब्यापारिक खिचातानीमानै  रुमलिई रहेको गम्भीर अवस्था छ । 

यस्तो अवस्थामा आधारभूत तथा  मुलभूत उदेश्य र लक्ष्य प्राप्तिको बाटो तर्फ यस संस्थालाई अग्रसर बनाउन, यस भित्र रहेका बिकृति र विसंगति निर्मुल पार्नु अपरिहार्य भएको छ। एन आर एन ए सुद्धिकरणको मुख्य लक्ष्य राख्दै हालै सम्पन्न एन आर एन ए अस्ट्रेलियाको अबैधानिक चुनाबी प्रक्रिया र कामकारबाहीको चुनाब घोषणा भएको मिति देखिनै लगातार कार्यकारी कमिटिलाई जानकारी तथा सजग बनाउदै आएका थियौं। यसका बाबजुद कार्यकारी कमिटिले हामीले उठाएका सवालहरुको कुनै जवाब नदिई, पुर्बग्राही रुपमा आफ्ना कामकारबाही जारी राखी रहयो । गम्भीर बिसय तथा सावलहरु मा पटक पटक इमेल तथा फोनबाट स्पष्टिकरण माग्ने तथा बार्ता र  छलफलबाट समाधान खोज्ने हाम्रो प्रयासको कुनै सुनवाई भएन।  यस्तो अवस्थामा पूर्ण पुर्बग्राहीरुपमा प्रस्तुत हुदै आएको कार्यकारी कमिटिका कामकारबाही रोक्न र संस्थालाई सुद्धिकरण गर्न कानुनी उपायको बाटो लिन हामी बाध्य भएका छौ।

अस्ट्रेलियामा ज्यादै सम्मानित नेपाली समुदायको गरिमालाई जोगाई राख्न तथा एन आर एन ए लाई आफ्ना उदेश्य र लक्ष्य प्राप्ति को सहि दिशामा लैजादै नेपालको समग्र विकासमा योगदान पुर्‍याउने यो सामुहिक अभियानमा सम्पूर्ण गैर आवासी नेपाली समुदाय तथा बिषेसत  अस्ट्रेलिया निवासी नेपाली समुदायमा हामी अपिल गर्दछौ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal