eNepal

अष्ट्रेलियाको प्रतिष्ठित पर्यटन आतिथ्यता पुरस्कार नेपाली युवालाई

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य भित्रको होटल व्यवसायमा आवद्ध सदस्यहरुको कर्मचारीहरुलाई प्रदान गरिने The Tourism Accommodation Australia अर्वाड यस वर्ष एक नेपाली युवा रोमन भण्डारीले हात पारेका छन।

The Tourism Accommodation Australia अर्वाडको इतिहासमा पहिलो पटक मनोनित भएका भण्डारीले सबैलाइ उछिन्दै उक्त पुरस्कार प्राप्त गरेका हुन।

न्यू साउथ वेल्स भित्र रहेक The Tourism Accommodation Australia मा आवद्ध होटल व्यवसायमा कार्यरत कर्मचारीहरुमा कडा प्रतिस्पर्धा गराई उनिहरुको कामको प्रस्तुती,अन्तरवार्ता र अतिथीहरुको सुझावको आधारमा चयन गरिने पुरस्कार यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा काठमाण्डौ निवासी रोमन भण्डारीले हात पारेका हुन।

उनी हाल Food and Beverage Team leader at Intercontinental Sydney Double Bay मा कार्यरत छन बेनी एफ सीबाट व्यवसायिक रुपमा फुटबल पनि खेल्दै आएका छन। यस्तो प्रतिष्ठित पुरस्कार हात पारे पछि निकै खुसी मिलेको र अझै काम गर्नमा उत्साहित मिलेको र अझ मेहनत गरेर काम गर्ने कुरा बताएका छन।

न्यू साउथ वेल्स भित्र रहेको प्रतिष्ठित सयौ होटल र त्यसमा आवद्ध कर्मचारीहरु पछि पार्दै पुरस्कार हात पार्नु सामन्य कुरा थिएन उनको यो पुरस्कारले नेपालीहरुमा उत्साह मिलेको छ ।

बेनी एफसी परिवारको रूपमा २०१५ देखि आवद्ध भई खेलाडीको रुपमा खेल्नु भएको रोमन भण्डीरीलाई उनले प्राप्त गरेको उपलब्धिले क्लबलाई समेत खुसी मिलेको बेनी एफसीका अध्यक्ष रोसन खत्रीले बताउनु भयो।

यो समाचार हामीले बेनी अनलाईनबाट साभार गरेका हौ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal