नेपालको कंचनपुर घर भई हाल अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आउनु भएका प्रेमराज उप्रेतीलाई एनआरएन अष्ट्रेलिया सपोर्टस पर्सन अफ द ईयरको अवार्ड प्रदान गरिएको छ।
बिगत दुई दशकदेखी क्रिकेटको विकास र सामाजिक हितको लागि विभिन्न संस्थामा रहेर काम गर्दै आइरहनु भएको उप्रेती राष्ट्रिय प्रतियोगितामा क्षेत्र नं, ५, क्षेत्र नं ६ र क्षेत्र नं ३बाट खेल्नुभएको थियो। सानै देखि क्रिकेटमा लगावका राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यानेजर रहेर समेत काम गर्नुभएको थियो।
न्याभको कार्यकारिणी सदस्यका साथसाथै खेलकुद कोअडनेटरको रुपमा कार्यरत प्रेमराज उप्रेतीले न्याभ क्रिकेट कप २०१९ सफल बनाउनमा मुख्य भुमीका खेल्नु भएको थियो। त्यस्तै सगरमाथा क्रिकेट क्लबका ओपनीङ व्याट्समेनका रुपमा खेल्दै LES KEMP SHIELD GRADE 2018/19 मा विजय सिल्ड ल्याउनमा सेमेत मुख्य भुमिका रहेको थियो। हाल वहाँ गोर्खाली क्रिकेट क्लवका प्रशिक्षक हुनुहुन्छ।




