eNepal

एनआरएनए एक्सिलेन्सी अवार्डबारे लाग्यो गम्भीर आरोप, यस्तो छ उहाँहरुको भनाई

हुन त अवार्ड भनेपछि संसारको कुनै ठाउँमा विवादरहित हुँदैन। पाउँदा खुसी नपाउँदा ठुस्स पर्नु स्वभाविकनै हो। एनआरएनएको रास्ट्रिय सम्मेलन, वार्षीक साधारण सभाको अवसर पारेर हिजो मेल्बोर्नमा गाला डिनरको साथमा अवार्ड सेरोमनी आयोजना भयो। यस अवार्ड सेरेमोनीका बिभीन्न व्यक्तिहरु आआफ्नो धारणा व्यक्त गरेका छन्। 

सिड्नी बस्दै आउनु भएकी प्रतीज्ञा अधिकारीजो आफै पनि पुर्व NRNA Women Forum Coordinator Australia हुनुहुन्छ।उहाँले आफ्नो फेसबुक मार्फत यस्तो स्टाटस हालेर एनआरएनएको अवार्ड सेरेमोनीलाई कपील शर्माको कमेडी शो हो की गरीमामय सँस्थाको अवार्ड बितरण हो भनेर खुलेर आलोचना गर्नु भएको छ। उहाँको स्टाटस -“यती बेला  गैर आवासीय संघ अष्ट्रेलियाको  आठौ  AGM   मेल्बोर्न मा भईरहेको छ। सानी बिरामी भयका कारण मैले भने सोसल मिडिया लाइभ हेरेर चित्त बुझाउन पर्‍यो। भर्खर अवार्ड बितरण सकियो। कपिलको कमेडी शो हो कि गरिमामय सस्थाको अवार्ड बितरण छुट्टाउन गाह्रो भयो। अवार्डका बिभिन्न क्याटागोरिमा चुनिनको लागि ति बिधामा योगदान दियको हुन पर्ने Award Selection Guidelines  मा उल्लेख छ। सो Guidelines लाई नै खिल्ली उढाउने गरी योन दुराचारका आरोप लागेका, घरेलु  हिन्शामा संलग्न भयका कारण अष्ट्रेलियाको सरकारले नागरिकताको निबेदन पुनराबलोकन गरेका, समाजमा योगदानको रुपमा ढलेको सिन्का नभाचेका, अर्काको कुरा काटेर कहिलै नथाक्नेहरु परेका देख्दा एन आर एन को प्रस्ताबना नै परिवर्तन गर्न पर्ने देखियो। अब अवार्ड कमिटीले निम्न बिधाहरु थपोस र उनिहरुलाई अवार्ड दिने बेबस्था गरोस :

-महिलालाई शोषण गर्ने, योन दुराचारको अभियोग लागेर जागिर छुटेकालाई बिशेष प्राथमिकता 

-जिम्मेबारीको नाममा शुन्य भूमिका निभायका तर सोसल मिडियामा हल्ला गर्न जानेका 

-घरेलु र मानशिक हिन्शाका प्रक्षपोशकहरु , घरेलु हिन्शाका कारण नागरिकताको आबेदनलाई अष्ट्रेलियन सरकारले पुनराबलोकन गरिरहेकालाई बिशेष प्राथमिकता 

यहाँ कोस्ले अवार्ड पायो गौण कुरा हो  तर  as a society, हामी कता गैरहेका छौ अनी हामीले के लाई प्राथमिकता दिईरहेका छौ त्यो भने चासो र चिन्ताको बिषय हो।

पुनश्च : सामाजिक कार्यमा दिन रात खटियकाहरुलाई नमन अनी यहाँहरु पुरस्कारको भागेदार पनि हुनुहुन्छ”

त्यस्तै गरेर पर्थका दिपक शर्मा जो आईसिसि सदस्यका लागि २०१९/२०२१ लागि बिजय हुनुभएको छ। उहाँ भन्नु हुन्छ अवार्ड कमिटीले selection गरिसके पछि फेरि नयाँ category बनाएर लिस्टमा नाम नै नपरेका मान्छेले अवार्ड कसरी पाए ? कस्को आदेशमा अवार्ड थपिएछन कस्ले थप्यो यी अवार्ड ?

सुरेस रेग्मी भन्नु हुन्छ – Pratigya  jee is one if office bearers who may have right to change procedures but उहॉकै यस्तो स्टाटस पढ्नुपर्दा दुख लाग्यो ! सायद यस्तै यस्तै थीति वेथितीले  संस्था विरूद्ध अदालतमै उजुरी पर्याहोला ! As outgoing team member I am with you Pratigya jee ! अचम्मै हुने रैच !

अमीत शर्मा लेख्नुहुन्छ पदादीकारीको मात्र कुरा होईन। अवार्ड सेलेक्सन टाक्सफोर्सको सदस्य दिपक शर्मा जीनै छक्क पर्नु भएको छ लिस्टमा हुँदै नभएको नामले अवार्ड कसरी पायो भनेर!!!

 

केएन कन्डेल लेख्नुहुन्छ – कुरो गम्भिर आयो । यो राम्रो भएन । बदमासहरुलाई अवार्ड दीएर  सँस्था बदनाम गर्नेहरु महाबदमास हुन् तिनलाई नंग्याउनु पर्छ ।

हिमालाल गैरे लेख्नु हुन्छ – सन्दर्भ NRNAA मुद्दा प्रकरण: 

केहि मान्छेहरुले भनेजस्तो मुद्दा मामिलाले न समाज भाँडिन्छ न त आकाश नै खस्छ । गलत अभ्यास र प्रयासहरु यसपाली मात्र भाको होईन ।त्यस्ता गलत प्रबृत्ती रोक्न हिजो केहि नगर्नुको मतलब अब पनि गर्नु हुँदैन भन्ने होईन । यो अवस्था आउनुमा सबै रंग दलेका ठालुहरु जिम्मेवार छन । किनकी तीनले सही  र गलत छुट्याउन पनि कुन रङ दल्नेको पल्ला भारी छ त्यही अनुसारको   विचार बनाउने डबल स्ट्यान्डर्ड देखाए ।  

आफ्नो पक्षले जितोस वा अर्को पक्षले, सही र गलत छुट्टाउने दोहोरो मापदण्ड हुनुहुँदैनथ्यो । ठिक र बेठिकको छिनोफानो गर्ने सवालमा पनि हाम्रा वरिष्ठहरु ढोँगी बन्न पुग्छ्न र भन्छन समाजको इज्जत्, जान्छ, एकता खल्बलिन्छ । विकृति, विसंगति, अनैतिक र अवैधानिक अभ्यासहरु  सकेसम्म ढाकछोप गर्ने, विरोध गर्ने र सुधार्न खोज्नेले पनि कानेखुशी मात्र गर्नुपर्ने वा  बाहुबलिका हजुरमा बिन्ती बिसाउने गरेमात्र मुल्य मान्यता र प्रतिष्ठा बच्ने कस्तो समाज हो हाम्रो ? ?  यसरि त हामिले सही बाटो समात्ने दिन झन टाढा देख्छु म त । आगे यहाँकै मर्जी ।

शिशीर बास्ताकोटीको भनाई यस्तो छ – यो वा त्यो भन्दा पनि सबै पक्षको कुरा सुनेर कार्वाही अगाडी बढाउनु पर्दछ;  No one should be victimized .

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal