eNepal

कार दुर्घटनाका चालक न्यूसाउथवेल्स प्रहरीद्वारा पक्राउ

गएको साता न्युसाउथवेल्सको कुमामा दुईजनाको ज्यान जानेगरी  भएको कार दुर्घटनाका चालक सागर भट्टराई पक्राउ परेका छन् । न्यूसाउथवेल्स प्रहरीले उनलाई नेपालतर्फ जान लागेको बेला विमानस्थलबाट नै पक्राउ गरेको हो । उनीमाथि लापर्वाहीपूर्वक गाडी चलाएको आरोप छ । साथै, मानिसको ज्यान जानेगरी सवारी दुर्घटना गराएकोसहित दुई अभियोग उनलाई लगाइएको छ । उनको जमानत खारेज गरिएको छ भने आज नै पारामाट्टा कोर्डमा प्रस्तुत गर्ने तयारी भएको छ । न्यूसाउथवेल्स प्रहरीले एक साताभन्दा लामो समयसम्म गरेको अनुसन्धानपछि उनलाई निगरानीमा राखेको थियो । तर, क्यानबेरा अस्पतालबाट डिस्चार्ज भए लगत्तै अष्ट्रेलिया छोडेर नेपाल जाने तयारी गरेपछि उनलाई पक्राउ गरिएको हो । घटनामा कंगारु अगाडि आएका कारण त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भनिएको थियो । पाँच जना सवार कारमा रहेकी एक यात्रुले सिट बेल्ट नलगाएको पाइएको थियो । उनी कार दुर्घटना हुँदा उछिट्टिएर बाहिर पछारिएकी थिइन् । उनको घटनास्थलमै ज्यान गयो । यस्तै ड्राईभिंग सिट नजिकै अगाडि बसेका युवाको पनि घटनास्थलमै ज्यान गएको थियो ।

Source: MNTV

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal