eNepal

अस्ट्रेलीयामा सवारी दुर्घटनामा परि दुई नेपालीको मृत्य, तिन घाईते

अस्ट्रेलीयाको सिड्नीबाट हिउँ खेल्नको लागि स्नो माउन्टेन तर्फ जाँदै गर्दा आज बिहान करिब ३:४० बजे माज्डा ७ सेडानमा पाँच जना सवार रहेको कार दुर्घटना भएको छ। सो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मत्यु भएको छ भने तिन जना घाईते भएका छन्। मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको जानकारी भएको छ। मोनारो हाईवेको कूमा भन्ने ठाउँ नजिकै एक रुखमा ठोकीएर करिव १६० मिटर तल कार खसेको थियो। 

दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ । उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए । कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए । क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए ।

घाईते तिन जनालाई कुमा हस्पिटल लगिएको छ। क्रास ईन्भेस्मेन्ट युनिटले घटनाको छानबीन गरिरहेको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal