eNepal

नेपालद्वारा कुवेतलाई ७ विकेटले पराजित

आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।

सिंगापुरस्थित ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आज बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो ।

आइतबार आयोजक सिंगापुरसँग हुने अन्तिम खेलमा सिंगापुरलाई पराजित गरे नेपाल ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालको जितमा कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दै टी–ट्वेन्टीमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

खेलमा शरद भेषवाकरले अविजित ३८ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन र रोहित कुमार पौडेलले अविजित ६ रन जोडे । दिपेन्द्र सिंह ऐरी भने १ रनमा आउट भए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal