eNepal

विश्वकप फुटबल छनाेट दाेस्राे चरणमा नेपाल समूह ‘बी’ मा

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् ।

दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।

फिफाको क्यालेन्डरअनुसार दोस्रो चरणका खेलहरु आगामी सेप्टेम्बरदेखि अर्को वर्षको जुन नौ तारिखसम्म हुनेछन् । नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal