eNepal

नेपालीहरू यसरी बन्दैछन् रातारात वृद्ध ?

सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल अहिले बुढो बनेको तस्वीरहरूले रंगिन थालेको छ । 

सकेसम्म आफूलाई तन्नेरी देखाउन खोज्ने साधारण मानवीय स्वभावलाई समेत चुनौती दिँदै फेसबूकमा सबैलाई कसले बुढो बनाउँदै छ ?

केहीले आफू बुढो बनेको तस्वीर अपलोड गरिसकेका छन् भने यसबारे अनविज्ञ केहीले ‘लौ न कसरी बुढो बन्ने ?’ भन्ने जिज्ञासा राखिरहेका छन् ।

तपाईंलाई पनि जिज्ञासा लागेको छ ? पक्कै पनि हुनसक्छ ।

यो सबै एउटा एपको कमाल हो । ‘फेस एप’ नामक उक्त एपमार्फत् तपाईंले आफ्नो तस्वीरलाई बुढो देखाउने मात्र होइन तन्नेरी पनि बनाउन सक्नुहुन्छ । 

त्यसैको प्रयोग गरेर अहिले सबै बुढो बनिरहेका हुन् । उक्त एपमा सामान्य तस्वीरलाई मुस्कान सहितको बनाउने, स्टाइल चेञ्ज गर्ने लगायतका सुविधा छन् ।

अधिकांश नेपाली प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न थालेको हालसालै हो । विदेशमा भने केही अगाडिदेखि नै यसको चर्चा छ ।

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal