गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अस्ट्रेलीयाको नेपाली समूदायमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक दुई वर्षमा प्रदान गर्ने एनआरएनए अस्ट्रेलीया एक्सिलेन्सी अवार्ड यहि १० अगस्टका दिन मेल्बोर्नमा एक बिशेष कार्यक्रम आयोजना गरेर प्रदान गर्ने भएको छ।
एनआरएनए अस्ट्रेलीयाको चुनाब सकिए लगत्तै हुन लागेको वार्षीक साधारण सभाको अबसर पारेर यि बिधाहरुमा अवार्ड हस्तान्तरणको कार्यक्रम गर्न लागेको हो।
1. Student of the Year – HSE Level
2. Student of the Year – University Level
3. Sports Person of the Year – Over 18
4. Sports Person of the Year – Under 18
5. Nepalese Cultural Ambassador of the Year
6. NRNA Australia Youth Person of the Year
7. NRNA Australia Woman of the Year
8. NRNA Australia of the Year
9. Friends of Nepal of the Year
10. Business Person of the Year
11. Community Service Person of the Year
12. Organization of the Year
13. Media Person of the Year
14. State Person of the Year – maximum 3 persons
१० जुनदेखि खोलिएको मनोनयनको मिती २२ जुलाई सम्म तोकिएको छ।साथै आफुलाई योग्य लागेको व्यक्तिलाई कारण सहित मनोनयन गर्न सक्ने प्रावधान पनि गरिएको छ जसका लागि तलको लिङ्कमा
गएर सबै विवरण भरेर [email protected] मा पठाउन सकिनेछ।
http://nrn.org.au/uploads/pdfs/NRNA%20Australia%20%20NRNA%20Australia%20Excellence%20Award%20Nomination %20Form.pdf
एनआरएन अस्ट्रेलियाको एक्सीलेन्स एवार्ड कमिटीमा पूर्वअध्यक्ष गणेश केसी संयोजक छन् भने राजन बस्नेत उपसंयोजक, एनआरएनकी संरक्षक ईन्द्रा वन सल्लाहकार, न्यूसाउथवेल्सबाट पूर्व युवा संयोजक विजय पोखरेल, अस्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका संयोजक हेमन्त काफ्ले, भिक्टोरियाबाट सुनील भण्डारी, क्वीन्सल्याण्डबाट केशवराज शर्मा, नर्दन टेरेटोरीबाट हरि रिजाल, अष्ट्रेलियन क्यापिटल टेरेटोरीबाट राजन ढुंगेल, वेष्टर्न अस्ट्रेलियाबाट दिपक शर्मा र साउथ अस्ट्रेलियाबाट दिपक विष्ट रहेका छन् ।

