eNepal

प्रस्तावित अस्ट्रेलियाका राजदूतको संसदीय सुनुवाई स्थगित

सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेका महेशराज दाहाललाई सांसदहरूले ग्रिनकार्ड होल्डरबारे विभिन्न प्रश्‍न गरेका छन्। आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले दाहाललाई विभिन्न प्रश्‍न गरेका हुन्।

समिति सदस्‍य ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अनुसन्धानै नगरीकन दाहाललाई राजदूतमा सिफारिस गरेको आरोप लगाए।  ग्रिनकार्ड होल्डरलाई सिफारिस गरेको भन्ने कुरा आएका पनि सुनाए। ग्रिनकार्ड होल्डरवालालाई सरकारले सिफारिस गरेर संसदप्रति हेपाहा प्रवृत्ति देखाएको बताए। उनले प्रश्‍न गर्दै भने, ‘तपाईंको श्रीमतीसँग अमेरिकाको ग्रिनकार्ड छ भन्ने आयो। हो भने संविधानले राजदूत बन्न दिँदैन। तपाईं वास्तविकता के हो बताइदिनुस्।’

अर्का समिति सदस्‍य राजेन्द्र श्रेष्ठले पनि कार्कीकै भनाइलाई समर्थन गर्दै राजनीतिक शरणार्थीको निवेदन दिएर अमेरिकी ग्रिनकार्ड पाएको भन्ने सुनिएको बारेमा प्रस्ट पार्न भने। ‘ग्रिनकार्डको कुरा साँचो हो भने आफैँ पछि हट्नुस्, होइन भने हामीमार्फत विश्वस्त पार्नुस्’ उनले भने।

त्यस्तै समिति सदस्‍य पुष्पा भुसालले दाहालको उजुरीभन्दा पनि ग्रिनकार्डबारे मिडियामा धेरै विषय आएको सुनाइन्। त्यस्तैगरी समिति सदस्‍यहरू सुरेन्द्र पाण्डे, पार्वत गुरुङ, योगेश भट्टराईहरूले पनि ग्रिनकार्डबारे प्रस्‍ट पार्नुपर्ने बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal