eNepal

मेल्बोर्नको साईप्रस कम्युनिटीमा हलमा एनआरएनएको चुनाब हुँदै, नो मोबाईल नो भोट

एनआरएन अस्ट्रेलीयाको निर्बाचन यहि ६ जुलाई शनिबार हुँदैछ। निर्वाचनमा बिना मोबाईल भोट हाल्न नपाईने नो मोबाईल नो भोटको व्यवस्था लागु गरिएको छ । यो सुचना आगामी कार्यकालको लागि निर्वाचन गराउन गठन गरिएको निर्वाचन समितिले संघका सदस्य, सम्बन्धित संघसंस्था र समग्र समुदायको राय र सुझावका आधारमा  व्यवस्ता गरिएको ईमेल मार्फत सदस्यहरुलाई जनाएको छ।

निर्वाचनमा मोबाईल फोन आनिवार्य गर्दै  एकजनाले एकपल्टमात्र भोट हाल्न सक्ने र कसैले अन्य मतदाताको भोट हाल्न नसकिने निर्वाचन आयोगले जनाएको छ।

यदि सदस्यतहरु कसैको मोबाइल नम्बर परिवर्तन भएको भए उक्त नम्बर परिवर्तन गर्नका लागी जुलाई ३ को साँझ ५ बजेसम्म इमेल पठाइ मोबाइल नम्बर परिवर्तन गर्न सकिने छ समेत जनाईएको छ जसमा आफ्नो पुरा नाम, सदस्यता नम्बर, पुरानो नम्बर र परिवर्तन गर्न चाहेको नम्बर निम्न ईमेलमा [email protected] पठाएर आफ्नो मोबाईल नम्बर परिवर्तन गर्न सक्ने प्रमुख निर्वाचन आयुक्त मन केसीले बताउनु भएको छ।

मेल्बोर्नमा भने 495 Lygon St Brunswick मा बिहान ८ बजे देखि साँझ ५ बजे सम्म मतदान गर्न सकिने छ साथमा मोबाईल, अस्ट्रेलिएन लाईसेन्स वा पासपोर्ट अनिबार्य रुपमा ल्याउन समेत सुचिकृत गरिएको छ। 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal