मेल्बोर्नमा आज सधै भई रहने कार्यक्रमहरु भन्दा पृथक किसीमको कार्यक्रम आयोजना भयो। गीत सङ्गितका कन्सर्ट अनि व्यबसायिक चलचित्रको प्रदर्शन भईरहेको व्यस्त मेल्बोर्नमा आज सन्देश मुलक चलचीत्र मन त होको च्यारिटी शो सम्पन्न भएको छ।

एस्कटभेल स्थित चर्च अफ साईन्टोलोजी अफ मेल्बोर्नमा भएको शोमा मेल्बोर्नका चिरपरिचीत अनुहारहरुको उपस्थिती रहेको थियो।
आज संयोगनै मान्न पर्छ असार पन्द्र यानिकी दहि चिउरा खाने दिन। उक्त सो हेर्न आएका सबै पाहुनालाई आयोजकका तर्फबाट दही चिउरा खुवाएर स्वागत गरिएको थियो।
कार्यक्रमको शुरुवातमा मन त होका निर्माता एवम् बिरुवा नेपालका सँस्थापक गौतम लामिछानेले बिदेश आएर सङ्घर्ष गर्दै गर्दा आफ्नो देश, आमाको काखलाई बिर्सन हुँदैन भन्ने सन्देशका साथ बिदेशी भुमीमा बसेका नेपालीहरुको मनोभाबनासंग मिल्ने खालको फिल्म बनाएको कुरा व्यक्त गर्नु भएको थियो। साथसाथै उपस्थित सबैलाई धन्यबाद दिदै सबैलाई मायाँको चिनो प्रदान गरिएको थियो।

बिरुवा नेपाल अनाथ बालबालिका तथा पिछडिएका एवम् आसहाय बालबालिकाको स्वास्थ्य शिक्षा गाँस बासका लागि खोलिएको सँस्था हो जसमा २० भन्दा बढि बालबालीकाहरु संरक्षणमा रहेका छन्।
बिरुवा नेपालका सरंक्षक एबम् चलचीत्र “मन त हो”का निर्माता गौतम लामिछानेको स्वागत मन्तव्य

