eNepal

मेलबर्नको एमएनसी वेस्ट द्वारा रक्तदान कार्यक्रम सम्पन्न

मेलबर्न नेपालिज कम्युनिटी वेस्टको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम मेलबर्नमा बिभिन्न सामाजिक गतिबिधिमा सकृयातापूर्बक आफ्नो भूमिका निर्बाह गर्दै आइरहेको संस्था मेलबर्न नेपालिज कम्युनिटी वेस्टको एउटा नियमित कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष शंकर थापा बताउनु हुन्छ ।

रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष शंकर थापा, उपाध्यक्ष नारायण कटुवाल, रोयल वेस्टर्न फुटबल क्लबका सल्लाहकार रोशन दाहाल, क्लबका कोच बिजय खडका, मेलबोर्न चौतारीका कार्यक्रम संचालिका स्मृति पोख्रेल, समाजसेवी केशव खत्री, सुरज श्रेष्ठ, संगम श्रेष्ठ लगायत अन्य महानुभाबहरुले रक्तदान गर्नुभएको थियो ।

संस्थाले यस अघि तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम, फाल्गु पूर्णिमाको उपलक्ष्यमा होली कार्यक्रम सम्पन्न गरिसकेको छ र नजिकिदै गरेको तीजको सु-अबसरमा तीज साँझ कार्यक्रम यहि आउँदो अगस्ट १७ तारिखका दिन वैरबी हलमा चर्चित लोक गायक राजेन्द्र कंडेल, गायिका राधिका हमालको उपस्थितिमा भब्यरुपमा आयोजना गर्नका लागि अहिलेदेखि नै लागि परेको बताउदै यस रक्तदान कार्यक्रममा सहभागी भइ संस्थाको कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पूर्ण रक्तदाताहरुलाई संस्थाका तर्फबाट अध्यक्ष शंकर थापाले धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनु भएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal