eNepal

अष्ट्रेलियाली संसदमा नेकपाका युवा नेता

नेकपाका युवा नेता युवराज चौलागाईले अष्ट्रेलियाली संसदमा माथिल्लो सदनका नेता तथा पुर्व सभामुखसँग भेट गरेका छन्।

दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता रसेल ओर्टलेसँग भेट गरेका हुन्।

संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुखसमेत रहेका बर्टली अष्ट्रेलियन लेबर पार्टीका नेतासमेत हुन्।

नेपाली अतिथिको रुपमा चौलागाईले चालु संसद अधिवेशनको केहीबेर अवलोकनपनि गरेका थिए।

नेकपा एकता हुनुभन्दा अघि तत्कालिन माओवादी केन्द्रको विदेश विभाग सचिव रहेका चौलागाई पार्टी एकतापछि पनि पार्टीको विदेश मामिला सम्बन्धी गतिविधिमा सक्रिय छन्।

साभार: नेपाल खबर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal