eNepal

अष्ट्रेलियन राजदूतको चेतावनी – नेपाली नेताहरु कुनै पनि मुलुकमा पक्राउ पर्न सक्ने

संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने बताएका छन् ।

उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गम्भीर प्रकृतिका मानव अधिकार हननका घटनामा सहभागी नेताहरु अष्ट्रेलियालगायतका मुलुकमा भ्रमण गर्दा पक्राउ पर्न सक्ने बताएका हुन् ।

मंगलबार उनकै कार्यालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा राजदूत बुडले दशक लामो माओवादी द्वन्द्वका बेला भएका गम्भीर किसिमका मानव अधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्न राजनीतिक दलका नेताले ढिलाइ गरेकोप्रति चासो व्यक्त गरेका हुन् ।

राजदूत बुडले पीडितले स्वतन्त्र रुपमा उजुरी दिएमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गम्भीर किसिमका मानव अधिकार उल्लंघनका घटनामा संलग्न राजनीतिक दलका नेताहरु संयुक्त राष्ट्रसंघ महासन्धिको विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत कुनै पनि मुलुकमा पक्राउ पर्न सक्ने जनाएका छन् । (नागरिक दैनिकबाट)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal