गएको शनिबार यानिकी २५ मेका दिन मेल्बोर्नमा दिदी बहिनी समाज भिक्टोरीयाले दाजुभाईका लागि दिदीबहिनी र स्वयंसेवकहरुलाई सम्मानको कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रममा दाजुभाईलाई आफ्नो स्वास्थ्य प्रती सजग रहुन भन्दै उनीहरुलाई स्वस्थ जीवन जिउन उत्प्रेरित गर्न वियोन्ड ब्लूका प्रतिनिधीहरु जोन ओडगेर्स र स्टीभ ब्राउनले मेन्टल वेलबिङ् सम्बन्धी जानकारी दिनु भएको थियो।

उज्यालोको सङ्केतको रुपमा मैनबत्ती मायाँको चिनोको रुपमा दिदै सबै सहयोग गर्ने स्वयंसेवकहरुलाई धन्यबाद दिईएको थियो।
जुनै पनि कार्यक्रम सफल हुन दिदी बहिनीलाई कुनै न कुनै तवरबाट दाजुभाईले सहयोग गरीनै रहेका हुन्छन् त्यहि सहयोगलाई धन्यबाद दिन सो कार्यक्रम भएको जानकारी दिदीबहिनी समाजकी अध्यक्ष जमुना पराजुलीले बताउनु भएको थियो।

दिदी बहिनी समाजले बिसेषत: भिक्टोरीयामा महिलाहरुको हकहित लगायत प्रत्यक्ष असरर पार्ने स्वास्थ्य, सचेतना, सुरक्षा र घरेलु हिंसा, महिला भेदभाव सन्बन्धी कार्यक्रमहरु गर्दै आएको छ। त्यस्तै हरेक बर्ष तीजको कार्यक्रमपनि आयोजना गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा भिक्टोरीयाका लागि अवैतानीक महावाणिजय दुत चन्द्र योन्जनका र वहाँको धर्मपत्नी लक्ष्मी योन्जनको उपस्थिती रहेको थियो भने समाजका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा गत बर्ष एएनएमसीको वार्षीक सभाका दिन दिदी बहिनी समाजले गरेको घरेलुहिंसा सम्बन्धी गरिएको सर्भेको बारे बद्री पन्तले जानकारी दिनुभएको थियो भने समिर पन्तले दिदीबहिनीहरुले गरेको कामकर्तब्यको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।
अर्को रमाईलो पक्ष त दिदी बहिनीले आफैले पकाएर डिनर खुवाउनु भएको थियो जसले गर्दा माहौल तिहार जस्तै बनेको थियो।


