eNepal

एनआरएन अस्ट्रेलीयाको चुनाबको सरगर्मी ह्वात्तै बढ्यो, डेमोक्रयाटीक समुहको नेतृत्वको टिम सार्बजनिक

एनआरएन अस्ट्रेलियाको चुनाबी सरगर्मी तातेको बेला आगामी कार्यकालका लागि डेमोक्रयाटीक समुहले केशव कँडेल नेतृत्वको टिम सार्वजनिक गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका डेमोक्रयाटहरुको राष्ट्रियस्तरको भेलाले मेलवर्नमा बृहत कार्यक्रम बिच आफ्ना उमेदबारहरुको नाम सार्वजनिक गरेको हो ।

करिब पाँच सय प्रतिनिधीहरुको सहभागितामा सम्पन्न घोषणा सभामा महासचिबमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिबमा परेस घिमिरे, कोषाध्यक्षमा चार्टड एकाउन्टेट अनिल पोखरेल र युवा संयोजकमा इर्शाैद अहमदलाई उमेदबार बनाइएको छ । एनआरएनका कार्यकारी सदस्यहरुमा सुर्य खनाल, अर्जुन गौतम,बसन्त बर्तोलाको नाम सार्वजनिक गरिएको थियो ।

यस्तै आइसीसी सदस्यहरुमा न्यु साउथवेल्सवाट चितवन समाजका अध्यक्ष छबी सापकोटा र अरुण कुमार ठाकुर , वेस्टन अस्ट्रेलियावाट एनआरएनएका उपाध्यक्ष दिपक शर्मा, क्यानबेरावाट इ राजु अधिकारी, साउथ अस्ट्रेलियावाट सूर्य आचार्य, क्वीन्सल्यान्डवाट एनआरएनएका उपाध्यक्ष सन्तोष कुँवर, भिक्टोरियावट इन्जिनियर नारायण काफ्लेलाई उमेदबार बनाइएको घोषणा गरिएको थियो ।

मेलबर्नको कोबर्ग्स्थित भिजिनी क्लबमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी वर्तमान उपाध्यक्ष केशव कँडेलले एनआरएनलाई रुपान्तरण गर्ने एकमात्र आफ्नो एजेन्डा भएको बताए । उनले व्यवहारिक रुपमा, सैद्धान्तिक रुपमा र कानूनी रुपमा पनि एनआरएन अष्ट्रेलियालाई रुपान्तरण गर्न आवश्यक भएको धारणा बताए । उनले भने, “ मेरो मुख्य प्रतिबद्धता भनेको एनआरएनएमा ट्रान्सफर्मेसन । संस्थालाई सबैको अपनत्व हुने गरी साझा एनआरएन बनाउन परिवर्तनको खाचो रहेकोले आफ्नो भुमिका त्यसतर्फ रहने कडेंलले बताए ।

साझा एनआरएन सबल एनआरएनको नारासहित घोषणा गरिएको टिमका महासचिवमा डा. ज्ञानेन्द्र रेग्मीले बहृद समूदायलाई समेट्ने गरी अघि बढ्ने भन्दै चुनाव जितेर आएको अवस्थामा नेपाल अष्ट्रेलिया पोलिसी ईन्ष्टिच्युट बनाउने पनि बताए । कोषाध्यक्ष पदका उम्मेद्वार चार्टड एकाउन्टेट अनिल पोखरेलले हरेक तीन महिनामा संस्थाको आर्थिक विवरण सार्वजनिक गर्ने एजेन्डा प्रस्तुत गरे । कार्यक्रममा सबै उमेदबारहरुले एनआरएनएमा उमेदबारी दिदै गर्दा आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडीएफका वर्तमान अध्यक्ष विवेक थापाको संयोजकत्वमा बनेको बृहत डेमोक्रयाटीक समितिले यो टिम अघि ल्याएको जानकारी दिइएको थियो । केशव कँडेल नेतृत्वको चुनावी टिमको घोषणा सँंगै न्यु साउथवेल्सको संयोजकमा डिला खरेल, एसीटीको संयोजकमा चुडामणी सापकोटा , क्वीन्सल्यान्डको संयोजक उमेश खड्का ,भिक्टोरियावाट प्रेम कडेंल, साउथ अस्ट्रेलियावाट नविन पन्थको नाम घोषणा गरिएको थियो ।

यस्तै विभिन्न राज्यहरुमा समेत टिम बन्ने क्रम सुरु भइसकेको र आगामी जुन ८ तारिखभित्रै निर्वाचन कार्यतालिका अनुरुप उम्मेदवारी दिने तयारी भएको छ । कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष सुरेश पोखरेलले गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, मेलवर्नका सामाजिक अभियन्ता दर्गा आचार्य, सोम गुरुङ, आईसीसी सदस्य दिनेश जोशी, पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, पुराना अधिकारकर्मी कृष्ण कडेल, सुरेशचन्द्र पोखरेल , पुर्व उपाध्यक्ष अभिमानसिंह बस्नेत , तनहुँ समाजका महासचिब सुर्य खनाल ,नयाका अध्यक्ष प्रकाश खरेल , पुर्व अध्यक्ष कोमल पाठक , युवा अभियन्ता लक्ष्मण सापकोटा , थानु शाक्य , शितल खाँड , देबेन्द्र बस्नेत , बिनोद लामा , रामजी बस्नेत एनएडीएफका महासचिब माधब गैरे ,उपाध्यक्ष पुर्णनाथ घिमिरे , सुरेन्द्र सापकोटा पूर्व ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल लगायत विभिन्न राज्यका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रम जनसम्पर्क समितीका महासचिब गणेश पौडेलले सन्चालन गरेका थिए ।

यो समाचार हामीले रास्ट्रपुकार डट कमबाट साभार गरेका हौ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal