eNepal

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाहले जिते, वरिष्ठमा डा. बञ्जाडे महासचिवमा पशुपति पाण्डे

गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा टेक्ससका सुनिल साह विजयी भएका छन् । अाफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले साह विजयी भएका हुन् ।

अध्यक्षमा  विजयी साहले तीनहजार सातसय ११ मत प्राप्त गरेको स्रोतले जानकारी दिएको छ । अनौपचारिक स्रोतका अनुसार साहले राम्रो मतअन्तरले अन्य दुई जना प्रतिस्पर्धीलाई पछाडी पारेका हुन् । तर, एनआरएनए अमेरिका निर्वाचन समितिवाट आधिकारीक घोषणा भने भैसकेको छैन । 

 वरिष्ठ उपाध्यक्षमा टेक्ससको ड्यालसकै डा. अर्जुन बण्जाडेले झिनो मतअन्तरले विजयी भएको पनि स्रोतको दावी छ । करिब एक सय ६७  भोट अन्तरले बण्जाडेले चुनाव जितेको स्रोतले जानकारी दियो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित दुबै अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालस निवासी हुन् । 

 निर्वाचित भएको अाधिकारिक घोषणा भने निर्वाचन अायोगले गरिसकेको छैन । साह र बञ्जाडे एकै खेमाबाट उम्मेदवार थिए । महासचिवमा पशुपति पाण्डे विजयी भएको स्रोतको दावी छ । 

 सचिवमा अमृत कट्टेल अगाडी रहेको स्रोतको दावी छ । कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल विजयी भएका छन् भने सह–कोषाध्यक्षमा ड्यालसकै सन्तोष विष्ट विजयी भए । 

अध्यक्ष पदका उम्मेदवारद्वय लम्साल र थापा भने न्यूयोर्कका हुन् ।

साभार: हिमालयखबर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal