अस्ट्रेलियामा बस्दै आएका युवा संजय सेन्चुरीले हर्कत नामक छोटो चलचीत्र लिएर आएका छन्। यस चलचित्रमा साथीहरु बिचको मित्रता झल्काउन खोजीएको छ। कोरीयोग्राफर शायद श्रेष्ठको बास्तबिक कथालाई उतार्ने प्रयास यस चलचित्रमा गरिएको छ।
धेरै बर्ष अगाडी सायद श्रेष्ठको निकै असल मिल्ने साथीको दुर्घटनामा परि निधन भएको थियो | त्यहि घटनाको सेरोफेरोमा रहेर श्रेष्ठले उसैको लागि यो छोटो चलचित्र तयार पारेका हुन् |
चलचित्रको कथामा सायद श्रेष्ठको संवाद रहेको छ | यस छोटो चलचित्रमा अभिनय भने सायद श्रेष्ठ, सन्तोष कंडेल र निर्दोष चौहानको रहेको छ | उक्त चलचित्रको क्यामेरा, सम्पादन र निर्देशन भने संजय सेन्चुरीको रहेको छ | छोटो चलचित्रको दृश्य निर्माण बाबा फिल्म्स् प्रोडक्सनले गरेको हो | भिडियोलाई NepAus Dance crew ले प्रयोजन गरेको छ | रचना श्रेष्ठ, सुशान्त योन्जन र Vintage House ले पनि बिशेष सहयोग गरेको निर्देशक सेन्चुरी बताउछन | निर्देशक संजय सेन्चुरीले छायांकन अनि सम्पादनमा पनि निकै मेहनत गरेको देख्न सकिन्छ | चलचित्रमा कलाकारहरुले पनि निकै मेहेनत गरेको देख्न सकिन्छ |
निर्देशक सेन्चुरीका अनुशार चलचित्रलाई दर्शकहरुले मन पराउने छन् भन्ने बिश्वास गरिएको छ | यस चलचित्रलाई बाबा फिल्म्स प्रोडक्सनको युट्युब च्यानलमा हेर्न सकिन्छ |

