नेपालको लोकप्रिय टेलिभिजन शो “द भोइस अफ नेपाल” अस्ट्रेलियाको होबर्टमा यहि मे २४ शुक्रबार हुन गई रहेको छ। यस कार्यक्रममा उत्कृस्ट ६ जना सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्री तथा श्रीया राइको दमदार प्रस्तुति रहने छ भने यस कार्यक्रमको संचालकको भूमिकामि निकै नै अनुभुवी कार्यक्रम प्रस्तोता सुशील नेपालद्वारा हुने छ।
Generations Media and Entertainment र Xplore Events को संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमको तयारी तिब्रताको साथ अगाडी बढेको जानकारी “द भोइस अफ नेपाल” अस्ट्रेलिया २०१९ टुर, तास्मनियाका Event Coordinator संदेश मुजोले दिनु भयो।
“द भोइस अफ नेपाल” अस्ट्रेलिया २०१९ टुर, तास्मनियाका ईभेन्ट म्यानेजर राकेश शाक्यले यस कार्यक्रमलाई बिएमडब्लु एजुकेसन कन्सल्ट्यान्सी र मिरमिरे नेपाली टेस्टले प्रायोजन गरेको जानकारी दिनु भयो।
कार्यक्रम मे २४ शुक्रबारको दिन साँझ ६ बजे देखि Citywide Baptist Church,400 Cambridge Road, Mornington, Tas, 7018 मा हुन गइ रहेको छ।
कार्यक्रमको अर्ली बर्ड टिकेट खुल्ला गरिएको र आजनै खरिद गरे १५ डलरमा खरिद गर्न सकिने आयोजकका तर्फबाट राकेश शाक्यले जानकारी दिएका छन् ।
थप जानकारी को लागि फोन तथा इमेलबाट कार्यक्रम आयोजकलाई सम्पर्क गर्न सकिन्छ।
संदेश ०४१४ ६११ ६५५ बादल ०४५० ४५० ७२७ कबिन ०४०६ ६६६ ८८२ राकेश ०४५२ २४१ ३८६ बिदुर ०४२६ ८२० ३५२

