eNepal

म त जाने हो म्युजिकल नाईट अनि तपाई नी!!

स्मार्ट एक्सिस ईन्टर्टेन् अस्ट्रेलीयाले यहि ४ मे शनिबार एक साङ्गितीक कार्यक्रम आयोजना गर्ने भएको छ जसलाई नाम दिएको छ म्युजिकल नाईट म पनि जाने। Max Watt, 125 Swanston Street Melbourne VIC 3000 मा हुन लागेको यस नाईटमा काली प्रसाद बासकोटा, द स्याडोज ब्याण्ड र पुस्पन प्रधान साथमा ब्याण्डको बेजोड प्रस्तुती रहने छ। 

काली प्रसाद बास्कोटा नामनै ब्राण्ड भई सक्यो। पछिल्लो समय उनले जे छोयो त्यो चल्यो भने जस्तै भएको छ। गायक, सङ्गीतकार, शब्दकार, कम्पोजरको अलाबा लगातार नेपाल आईडलका दुई सँस्करणमा कुशल निर्णायकको भुमीका गरिसकेका कालीका प्राय सबै गीत हिट छन्। सन् २००७ मा शशी रावलको चाहाना सकियो बाहाना सकियो बोलको गीतमा शब्द र सङ्गीत दिएर आफ्नो गायन यात्रा शुरु गरेका कालीका हेमन्त राणाको लैजा रे, साईली लगाएत जालमा, निर जहिले रिसाउने, लप्पन छप्पन, पन्छी, दैब हे अनि पछिल्लो समयको हिट ईन्स्टाको फोटो अत्याधिक लोकप्रिय नम्बरहरुमा पर्छन्।

द स्याडोज ब्याण्ड सन् १९९७मा निर्माण भएको चितवनको ब्याण्ड हो। “सुन हाम्रो सानो आवाज”बाट उदाएको द स्याडोज “हिड्ने मान्छे लड्छ” पछि अझ बढि नेपालीहरुको मन जित्न सफल भयो। सामाजिक सन्देश बढि भेटीने स्याडोजका गीतले समाजलाई सकारत्मक सन्देश पनि प्रबाह गरेको हुन्छ। प्रकृती, बुद्ध नेपालको, कुन हो हाम्रो धर्म जस्ता गीत यसैको उपज हो। साथै अब आउन लागेको नयाँ एल्बम “के पाईस् नेपाली”बाट पनि केही गीतहरु प्रस्तुत गर्ने स्याडोजले जनाएको छ।

पुस्पन प्रधान आजको दिनमा सङ्गीत बुझेकाहरुले धेरै रुचाईको नाममा पर्दछ। दुई दशकदेखी गीत सङ्गीतसँगै उकाली ओराली गरेका पुस्पनको गीत “पैसा हैन पासो छ परदेशमा” जब नेपाल आईडलका एक प्रतीस्पर्धी अम्रीत बरालले नेपाल आईडलमा गाए त्यस पछि उनको क्रेज ह्वात्तै बढ्यो।आज उनको माग सँसारसा छरिएर बसेका नेपालीहरु माझ बढ्दो क्रममा रहेको छ। 

बाँकी जानकारीको लागि तलको पोस्टर हेर्नु होला। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal