eNepal

हिसाब मिल्दा मोज गर्ने नमिल्दा बलात्कार भयो भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्छ : सरु सुनार

काठमाडौँ । सामाजिक अभियन्ता सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजाय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झूटो आरोपकै कारण धेरै पुरुषहरु जेलमा भएको बताइन् ।

“बलात्कार गर्‍यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेपछि मलाई बलात्कार गर्‍यो भनी झूटो आरोप लगाउने महिलालाई के हुन्छ सजाय ?” सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्‍यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सरुको दाबी छ ।

दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्‍यो, जात ढाट्यो, बलात्कार गर्‍यो भन्दै दलित युवाहरुलाई फसाउने गरेको बताइन् ।

“गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाह गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै जबर्जस्ती मलाई जात ढाट्यो थाहै नपाइ बलात्कार गर्‍यो भनी बिचरा सिधा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई किन कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?”

उनले बास्तवमै बलात्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् । दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह बलात्कार मुद्दामा परिणत भएका सरुको दाबी छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal