eNepal

एनआरएनए अस्ट्रेलीयाको रजिस्ट्रेशन दर्तामा हल्ला बढि, उत्साह कम!!!

ईनेपाल सम्पादकीय

एनआरएनए अस्ट्रेलीयाको २०१९-२०२१ कार्यकालका लागि सदस्यता दर्ताको म्याद यहि ३० अप्रीलमा सकिदै छ। आजको मिती सम्म आईपुग्दा अस्ट्रेलीया भरीबाट करिब ५२०९ले रजिस्ट्रेसन दर्ता प्रकृया अगाडी बढाएको देखिन्छ।न्युसाउथवेल्सबाट १९६५ ,भिक्टोरीयाबाट ९२१, क्विस्ल्याण्डबाट ४५९, क्यान्बेराबाट ३०७,वेस्टर्न अस्ट्रेलीयाबाट ३७६ , तास्मानियाबाट ९०, नर्दन टेरीटोरीबाट २२४ , साउथ अस्ट्रेलीयाबाट ४५७ रहेको छ। 

ठुलो सङ्ख्यामा स्थाई रुपमा नेपालीहरु बसोबास गरिने भएतापनि किन यति थोरै मात्रामा सदस्यता भई रहेका छन् , किन दर्ताको लागि उत्साह जागेन भन्ने प्रश्न उठ्नु स्वभाविक छ। 

आलोचना

बिभीन्न व्यापारीहरुको सन्जाल, पुँजीबादी र केही पिआर तथा अस्ट्रेलीयाको नागरिकता लिएका नेपालीहरुको बाहुल्य रहेको, बिधार्थीहरुले चुनाबमा भाग लिन नपाउने नियम, सदस्यताको किनबेच भएको, नेपाली राजनिती घुसेको, भागबन्डा गरि गुठ र उपगुठले ग्रस्त, बिभीन्न बहानामा उठाएको पैसाको हिसाब किताबमा पारदर्शिताको कमी, नेपाल फेस्टिभलको हिसाबकिताब सार्बजनिक नगरिएको लगाएत अनलाईन फर्म भर्दा आफ्नो निजी व्यक्तिगत कुरा सबै दर्साउन पर्ने प्राईभेसीको कुनै गोपनियता नहुने जस्ता थुप्रै कारणबाट पनि सदस्यता दर्तामा उत्साह नदेखिएको बुझिन्छ। 

गुठबन्दी

नेपाली मुख्य राजनिती धार कम्युनीस्ट र काङग्रेसको खोल ओढेर, आफ्नो आफ्नो गुठ तथा प्यानल बनाई, आफ्नो प्यानललाई जिताउनको लागि हदै सम्मको हर्कत समेत गरेको बुझिएको छ।सामाजीक सन्जाल र बिभीन्न प्रायोजनका लागि खोलीएका भाईबर ग्रुप जस्तै मेल्बोर्न सप्ताह, एएनएमसी, नेपाल फेस्टिभल जस्ता ग्रुपमा समेत आफ्नो राजनैतिक चरीत्र प्रदर्शन भएका छन् भने सामाजीक सन्जालमा मेम्बरशीप किनबेचको समेत हल्ला चलेको छ। त्यस्तै गरि चुनाबको मिती नतोकिदै आफ्नो उमेदवारी प्रस्तुत गरी फेसबुकका भित्ताहरु रंगीसकेका छन् भने घरदैलो अभियानले मुर्तरुप लिदै छ। 

सकारात्मक पक्ष

नेपालीको लागि नेपालीकै सँस्था, माथिल्लो तहसम्म पहुँच भएको सँस्था, बिदेशमा नेपालीहरुको साहारा सँस्था, बिभीन्न दुखमा साथ दिदै आएको लगाएत  बिभीन्न बिनासकारी घटनामा अग्रणी भुमीका खेलेको सँस्थाका रुपमा एनआरआनएलाई लिईन्छ। तसर्थ बिभीन्न नकारात्मक पक्ष भएता पनि नकारात्मक भित्रको सकारत्मक पक्षलाई आधार मानी भविस्यमा यी र यस्ता पक्षलाई सुधार गरी, प्राज्ञीक समुहलाई समेत सँगै लिएर सामुहिक नेत्रृत्व, बिना गुटबन्दी र बिना राजनिती लैजानको लागि सक्ष्यम नेत्रृत्व चयन गर्नको निमीत्त आलोचना मात्रै गर्नु भन्दा सदस्य बनेर व्याबाहारिक रुपमा उत्रीनु बान्छनीय मानिन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal