eNepal

अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको निधन, शव नेपाल लैजान सहयोगको अपील

नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठ अस्ट्रेलियामा निधन भएको छ । उनको शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पानी पिउन उठेका बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए ।

श्रेष्ठलाई उपचारका लागि कोगाह्रस्थित सेन्ट जर्ज अस्पतालमा उपचारको क्रममा बिहान ६ बजे निधन भएको हो । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।

दुर्गा अधिकारीको डिपेन्डेन्ट भीजामा आएका श्रेष्ठ कोर्गाहामा बस्दै आएका थिए ।

यसैबीच श्रेष्ठलाई अन्तिम संस्कारका लागि शव नेपाल लैजाने प्रक्रिया सुरु भएको छ । शव नेपाल लैजानका लागि आवश्यक सहयोग जुटाउन पोखरा समाजका अध्यक्ष राजु अधिकारीले अपिल गरेका छन् ।

सहयोगदातालाई श्रेष्ठकी पत्नी दुर्गा अधिकारीको निम्न बैंक खातामा रकम संकलन गर्न अपिल गरिएको छ ।

दुर्गा अधिकारी

BSB-062-948

AC- 16462730

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal