मेल्बोर्नमा बिगत लामो समयदेखि नेपाली लोक गीत सङ्गीतका कार्यक्रम गर्दै एउटै छुट्टै छाप छोड्न सफल भएको नेप्को ईन्टर्टेन्मेन्ट्सले यहि २८ अप्रिलमा प्रत्यक्ष लोक दोहोरी साँझ आयोजना गर्न लागेको छ। ईस्टोनियन हाउस, मेल्भील रोडमा आयोजना हुने यस कार्यक्रममा अहिलेका चलेका लोक दोहोरी गायक गायकहरु अर्जुन सापकोटा, सुर्य खड्का, उमा गिरी र आशा पुनको बेजोड प्रस्तुती रहने छ।
बिदेशको भुमीमा लोक सङ्गीतको जगेर्ना गर्नमा सदैब जागरुक बिराज थापाले हरेक बर्ष लोक सङ्गितका श्रष्टाहरु निम्त्याएर प्रवासमा रहेका नेपालीहरुलाई मनोरन्जन दिन महत्वपुर्ण भुमिका खेल्दै आउनु भएको छ।पहिलो पल्ट लोक बाध्यबाधनहरु प्रयोग गरेर प्रत्यक्ष लोक दोहोरी ब्याटल हुने आयोजक बिराज थापाले बताउनु भएको छ। यसपाली निश्चयनै लोक सङ्गीतका पारखीहरुले प्रत्यक्ष दोहोरीको भर्पुर मनोरन्जन लिनु हुनेछ।
साना भाई बहिनी र घुम्न आउनु भएका अभिभावकहरुलाई निशुल्क प्रवेश गरिएको यस कार्यक्रमको टिकट भने मात्र $१५ राखिएको छ।


