eNepal

न्यु इयर धमाका मेलबोर्न अस्ट्रेलियामा भव्यताका साथ सम्पन्न

रोयल वेस्टर्न फुटबल क्लब मेलबोर्नको आयोजना तथा साहित्यकार, समाजसेबी सुशील चालिसेको सकृयतामा अस्ट्रेलियाको मेलबर्नमा “न्यु ईएर धमाका २०७६ ” भब्य रुपमा सम्पन्न भएको छ । साईप्रस कम्युनिटी हलमा सम्पन्न यस कार्यक्रम १९ तारिख बेलुकी ३ सय भन्दा बढि नेपालिहरुको उपस्थिति रहेको थियो । सुबोध गौतमको हास्य व्यंग पछि भाइरल गाएक मानस राजको  “भाईरल भईदियो” लगायत अन्य गितहरु र चर्चित लोक गाएक बद्री पङ्गेनिको ससुरालीमा का साथै अन्य गितहरु संगै रमाउदै कार्यक्रममा उपस्थित दर्शकहरु नाँचेका, झुमेका थिए । साथमा मेलबोर्नमा स्थापित नेपअस डान्स ग्रुप र अन्य स्थानीय कलाकारहरुले आ-आफ्नो गित र नृत्य प्रस्तुत गरेका थिए ।

नेपालबाट आएका कलाकारहरुलाई भिक्टोरिया राज्यका अबैतनिक राजदुत चन्द्र योन्जन ज्युले आफ्नै कार्यकक्षमा स्वागत गर्नु हुदै नया वर्ष २०७६ को उप लक्छ्यमा शुभकामना आदान प्रदान गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा क्लबका प्रेसिडेन्ट बम योन्जन ज्युले शुभकामना मन्तव्य र क्लबका सेक्रेटरी दिपेन्द्र खड्का ज्युले धन्यवाद ज्ञापन गरेका थिए । रमाइलोका लागि अघिल्लो दिन नै कलाकार भर्सेस रोयल वेस्टर्न मैत्रीपुर्ण फुटबल खेल केन्ली पार्कमा सम्पन्न भएको थियो।

नयाँ वर्ष धमाका २०७६ कार्यक्रमका संयोजक तथा रोयल वेस्टर्न फुटबल क्लबका सल्लाकार रोशन दाहाल ज्युले उक्त कार्यक्रम भब्य अनि सभ्य रुपमा सम्पन्न भएको बताउनु हुदै यो क्लबको पहिलो कार्यक्रम रहेको बताउनु भएको थियो । खेलकुदका साथै यस्ता कार्यक्रम क्लबको तर्फबाट आयोजना गर्न पाउदा क्लबको तर्फ बाट खुशी ब्यक्त गर्दै आफुहरु निक्कै उत्साहित भएको बताउनु भएको थियो । कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पोन्सर, संचारकर्मी, स्वयं सेवक, दर्शकमहानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्नुहुदै नया बर्ष २०७६ को शुभकामना ब्यक्त गर्नु भएको थियो ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal