eNepal

८५० वर्ष पुरानो पेरीसमा रहेको चर्चमा आगलागी

फ्रान्सको राजधानी पेरिसमा रहेको एक ऐतिहासिक क्याथोलिक चर्चमा आगलागी भएको छ । ८५० बर्षभन्दा पुरानो ‘नोट्र–डाम क्याथेड्रल’ आगलागीको चपेटामा परेको हो ।

चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनामा एक व्यक्ति घाइते भएको बताइएको छ । आगलागीले छत र अन्य भागमा क्षति पुगे पनि मुख्य संरचना र घन्टी झुन्ड्याउने दुईवटा महत्वपूर्ण टावर भने सुरक्षित रहेको छ ।

स्थानीय समयअनुसार सोमबार अपराह्नबाट आगलागी शुरू भएको थियो । घटनापछि वरिपरिका भवनहरूलाई खाली गराइएको छ । गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपील गरेको थियो ।

आगलागीपछि हजारौँ मानिस सडकमा निस्केका थिए । तीमध्ये केही रुँदै गरेको त कोहीकोहीले भजन गाउँदै गरेको देखिन्थ्यो । आगलागीलगत्तै घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले सबै क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै उनले सबै देशवासीले जस्तै आफुले पनि हाम्रो एउटा अंश जलिरहेको देखेर दुःखी भएको प्रतिक्रिया दिए ।

आगलागीप्रति विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले भयानक आगलागी हेरिहेको र यसलाई चाँडो नियन्त्रणमा लिनुपर्ने बताएका थिए । जर्मन चान्सलर एंगेला मर्केलले नोट्र–डाम कथिड्रललाई फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । पेरिसको अभियोजनकर्ताको कार्यालयले आगलागीको कारणबारे छानबिन थालिएको जनाएको छ । बर्सेनि लाखौं मानिस मानिस यो चर्चको अवलोकनका लागि आउने गर्दथे । (एजेन्सी)

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal