eNepal

रोनाल्डोको ह्याट्रिक, स्पेन र पोर्चुगल बराबरी

२०१८ फिफा विश्वकपको समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। स्पेनका डिएगो कोस्टाले २ गोल गर्दा नाचोले १ गोल गर्न सफल भए। 

क्रिस्टियानो रोनाल्डोले चौथो मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाए। स्पेनका डिफेन्डर नाचोले पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए। 

डिएगो कोस्टाले २४ मिनेटमा बराबरी गोल फर्काए। लामो पासलाई सदुपयोग गरेका कोस्टाले डिबक्स बाहिरबाट मिहिनेत गरेर बल निकालेर उत्कृष्ट फिनिसिङ गरेका थिए। 

तर पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-१ ले अघि बढाए। रोनाल्डोले डिबक्स नजिकबाट हानेको प्रहार स्पेनका गोलकिपर डे गियाको हातबाट फुक्केर जाली चुमेको थियो। 

५५ मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दा खेल दोस्रो पटक बराबरीमा आयो। उनले क्रसबाट आएको बललाई हुलमुलमा गोलपोस्टको दिशा दिए। ५८ मिनेटमा नाचोले स्पेनलाई अग्रता दिलाए। नाचोले डिबक्स बाहिरबाट हानेको भली सर्टलाई रोक्न पोर्चुगलका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्। 

तर खेलको खेल सकिन २ मिनेट बाँकी छदा रोनाल्डोले ह्याट्रिक मात्र गरेनन् बराबरी गोल समेत फर्काए। रोनाल्डोले डिबक्स बाहिरबाट हानेको फ्रिकिङले सिधै गोलपोस्टको दिशा लिदा खेल ३-३ को बराबरीमा पुगेको थियो। 

समूह चरणकै रोमाञ्चक मानिएको खेल बराबरीमा सकिएपछि पोर्चुगल र स्पेनले अंङ्क बाढेका छन्। समूहको अर्को खेलमा इरानले मोरक्कोलाई १-० गोलले हराएको थियो। 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal