eNepal

१२ कन्सलटेन्सी विजनेस अवार्डबाट सम्मानित

एएचआईसी बिजनेस अवार्ड २०१८ बाट १२ वटा कन्सल्टेन्सी (शैक्षिक परामर्श व्यवसायी) सम्मानित भएका छन् । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ बाट नेपालमा रहेर शैक्षिक परामर्श सेवा पुर्याउदै आएका १२ वटा कन्सलटेन्सी सम्मानित भएका हुन् । २७ मे मा थाईलेन्डको बैंककमा आयोजित कार्यक्रममा थाईलेन्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारीले १२ वटै व्यवसायीलाई सम्मानित गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत अधिकारीले गुणस्तरिय शिक्षा प्रभावकारी ढंगबाट दिनु र दिने प्रतिवद्धतामा अडिक रहन ब्यवसायीलाई आग्रह गरे । हार्वर इन्टरनेशनल कलेजका प्रवन्धक निर्देशक सुमन भेटवालले यो अवार्ड कार्यक्रम सबै समृद्ध उन्मुख हुन पर्छ भन्ने अभियानका लागि आयोजना गरिएको प्रस्ट पारे । उनले नेपालमा विद्यार्थीलाई परामर्श दिने संस्थाहरुको साथ र सहयोगले एएचआईसी यसरी कार्यक्रम गर्न प्रेरित र उत्साहित भएको बताए । कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष विण्णुहरि पाण्डे गैरआवासिय नेपाली संघ थाईलेन्डका तर्फबाट भनिन्द्र बस्नेत नेपाली ब्यवासी सुनिल खड्का लगायत वक्ताले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अवार्ड कार्यक्रममा काठमाडौंबाट ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम बैंकक स्थित सेराटन होटलमा संचालन गरिएको थियो ।

कसले कुन अवार्ड हात पार्यो 

१: प्रोमोसिङ एजेन्ट तर्फ इन्फर म्याटिक्स कन्सल्टेन्सी

२: वेष्ट कन्भर्जन तर्फ एआइपी

३: वेष्ट सपोटिङ तर्फ ग्लोवल च्वाईस एजुकेशन कन्सल्टेन्सी

४: बिजनेस एक्सिलेन्स तर्फ ट्रिनिटी एजुकेशन फाउण्डेशन

५: ईमर्जीङ तर्फ रिभोलुसन एजुकेशन

६: कर्पोरेट इन्पोटेन पर्शन तर्फ भिषा काउन्सिल

७: वेस्ट पर्फमेन्स तर्फ ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिस

८: कर्पोरेट ईन्पोटेन एजेन्ट तर्फ काठमाडौं ईन्फोसिस एजुकेशन कन्सलटेन्स

९: टप पफमेन्स तर्फ निष्ट 

१०: टप ईमर्जङ तर्फ पाथसिड 

११: टप रिक्वाडमेन्ट तर्फ एजुकेशन एण्ड मायुग्रेसन कर्नर 

१२: मार्केटिङ एक्सिलेन्स तर्फ अर्विट ईन्टरनेशन एजुकेशन कन्सलटेन्सी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal