eNepal

लियोनेल मेसी कसरी स्टार फुटबलर बने ?

स्टार फुटबलर लियोनेल मेसीको बालापन एक गम्भीर रोगसँग संघर्ष गर्दै बित्यो । उनलाई हार्मोन ग्रोथको बिमारी थियो । त्यस्तो अवस्थामा बार्सिलोना क्लबले उनको हात थाम्यो । क्लबसँग जोडिएपछि मेसीले आफ्नो रोगलाई मात्र हराएनन्, आफ्नो खेलसँग जोडिएर संसारलाई चकित पारिदिए । 

मेसीको जन्म २४ जून, १९८७ मा अर्जेन्टिनाको रोसारियो शहरमा भएको थियो । उनी ४ भाइ—बहिनीमा तेस्रो नम्बरका थिए । उनको पिता एक स्टीव फैक्ट्रीमा मेनेजर थिए । ४ वर्षको उमेरदेखि नै मेसीले फुटबल खेल्न सुरु गरेका थिए । उनको लगनशिलता देखेर मातापिताले मेसीलाई फुटबलरको रुपमा नै हेर्न चाहेका थिए । तर, उनीहरुको सपनामा त्यो बेला ग्रहण लाग्यो जब मेसी ११ वर्षको उमेरमा हार्मोन ग्रोथको शिकार भए । यो रोगले गर्दा शरिरको विकास समयमा हुन सक्दैन ।

रोग लागेपछि उपचारको लागि उनका मातापितासँग पैसा थिएन । मेसीको तत्कालिन सँलग्न क्लबलेपनि कुनै सहयोग गरेन । यसले मेसीको फुटबलर यात्रा रोकिने चिन्तामा थिए मातापिता । यसबीच स्पेनमा रहने नातेदारले उनलाई बार्सिलोना क्लवमा जोडिन सल्लाह दिए । त्यसपछि उनको मातापिताले बार्सिलोनासँग सम्पर्क गरे ।

बार्सिलोनासँग जोडिनको लागि ट्रायल हुन्छ । मेसीको सन् १९९९ मा ट्रायल भयो र उनलाई मनपराइयो । तर, त्यति कम उमेरमा विदेशी बच्चालाई क्लबको सदस्य बनाउन बहुत हिचकिचाहट भएको थियो । तर, मेसीसँग सम्झौता हस्ताक्षर गर्नको लागि टीमको निर्देशक कर्टली उत्सुक देखिन्थे । सम्झौता गर्दाको बखत कुनै कागज थिएन । जसका कारण उनले नेपकिन पेपरमा अनुबन्ध साइन गरेका थिए । त्यसपछि मेसीको रोगको पूरा खर्च क्लबले बेहोरेको थियो ।

जस्तै परिस्थितिमा पनि मेसीले बार्सिलोनाका साथ छाडेनन् । बिमारी निको भएपछि संसारलाई सोहि क्लबबाट छक्क पारिदिए । संसारभरका एक से एक क्लबले उनलाई राम्रा अफर गरेपनि उनले बार्सिलोनाको साथ छाडेनन् । उनी अहिलेपनि यहि क्लबसँग आवद्ध छन् ।

अगष्ट २००५ मा मेसीले अर्जेन्टिनाको लागि पहिलो अन्तर्राष्ट्रिय म्याच खेले । उनको नाम धेरै विद्यासँग जोडियो, रेकर्ड बनाए तर उनलाई आजसम्म वर्ल्ड कप नजित्ने किस्सा उनमा लागेको छ । फिफा वर्ल्ड कप २०१४ मा मेसीको कप्तानीमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग हार्यो । उनलाई प्लेयर अफ द टुर्नामेन्ट अवार्ड मिल्यो तर आँखा चिम्लेर ग्रहण गरे । उनले ३८३ क्लब गोल र ६१ गोल आफ्नो देश अर्जेन्टिनाको लागि गरेका छन् । उनले ३२ ट्रफी आफ्नो क्लब बार्सिलोनाको लागि जितेका छन् । मेसीको ५ पटक “बेलान डिआर” अवार्ड जितेर रेकर्ड बनाएका छन् ।

यसपटक रूसमा हुन लागेकाे २१ अाैँ संस्करण अाफ्नाे हातमा पार्न अहिले मेसी लागिपरेका छन् ।

एजेन्सीको सहयोगमा तयार पारिएको ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal