eNepal

जापानले कृषि र उधोगका लागि ५ लाख कामदार भित्र्याउने

जापानले कृषि र उद्योगका लागि ५ लाख भन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ ।

सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो ।

अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ ।

जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन् ।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन् ।

विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन् ।

एक तथ्यांकअनुसार अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन् ।

ती मध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत छन् ।

सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको भने यो पहिलो पटक हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal