eNepal

बिर्तामोडमा अस्ट्रेलिया अध्ययन बारे सेमिनार सम्पन्न

जेन्युन एजुकेसन एन्ड भिसा सर्भिस र क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको संयुक्त आयोजनामा बुधबार बिर्तामोडमा ‘अस्ट्रेलियन एजुकेसन सेमिनार’ सम्पन्न भएको छ ।

बिर्तामोडस्थित जेन्युन एजुकेसनको सेमिनार हलमा भएको कार्यक्रममा अस्ट्रेलियाको क्विन्स फोर्ड र भाइभ कलेजका नेपाल कन्ट्री हेड प्रकाश पाण्डेले सहजीकरण गरेका थिए । उनले अस्ट्रेलियाको नीति नियम, जीवनशैली र विद्यार्थीले जान्नै पर्ने विषयवस्तुमा विद्यार्थीलाई जानकारी गराएका थिए । ‘विदेश अध्ययनका लागि जाने निर्णय सानोतिनो कुरा होइन’, उनले भने, ‘अभिभावक र विद्यार्थीले बुझेर पछि आउन सक्ने समस्या र समाधानका विषयमा जानकारी लिएर मात्र निर्णय गर्न जरुरी छ ।’ अस्ट्रेलियाको अध्ययनले आत्मनिर्भर बन्न सिकाउनेमा उनले जोड दिए ।

सोही अवसरमा क्याम्ब्रिज तथा जेन्युन एजुकेसनको संयुक्त पहलमा अस्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गरेका नवीन बुढाथोकीलाई बधाईसहित बिदाइ गरिएको थियो । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीले शैक्षिक परामर्श लिएको जेन्युन एजुकेसनका प्रबन्ध निर्देशक लक्ष्मी खनालले जानकारी दिए । ‘धेरै विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जान चाहन्छन्’, उनले भने, ‘त्यो पूरा गर्न विद्यार्थी र अभिभावकले बुझ्नै पर्ने कुरा जानकारी गराउने हाम्रो उद्देश्य हो ।’

बिहीबार दमकस्थित क्याम्ब्रिजको सभाहलमा शैक्षिक सेमिनारको आयोजना हुने क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले बताए । विदेश अध्ययनका लागि जाने सोच बनाएका विद्यार्थी तथा अभिभावकले शैक्षिक सेमिनारबाट धेरै कुरा जान्ने अवसर भएकाले सहभागिताका लागि उनले आग्रह गरे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal