eNepal

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारे

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन्। बार्सिलोनाले स्पेनिस लिग अन्तर्गत आइतबार रातिको खेलमा रियल सोसिडाडलाई १–० ले हराएपछि मेस्सीलाई पाँचौ पटक ‘गोल्डेन शु’ पुरस्कार प्रदान गरिएको हो। 

मेस्सीले २०१७–०१८ को स्पेनिस लिगमा ३४ गोल गर्दै ६८ अंक हासिल गरेका छन्।

मेस्सीसँगै यो पुरस्कारको दौडमा लिभरपुलका मोहम्मद सलाह र टोटेनहम हटस्परका हैरी काने पनि थिए। सलाहको ३२ गोलबाट ६४ अंक थियो भने हैरीको ३० गोलबाट ६० अंक। अंकका आधारमा दिइने यो पुरस्कारमा मेस्सीले सबैभन्दा बढी अंकसहित पाँचौ पटक बाजी मारे।

उनले यसअघि अघिल्लो वर्ष (२०१६–०१७) पनि ‘गोल्डेन शु’ पुरस्कार जितेका थिए। यसका अलावा २००९–१०, २०११–१२ र २०१२–१३ को सिजनमा पनि यो पुरस्कार आफ्नो नाममा कायम गरेका थिए। मेस्सी एकमात्र यस्ता खेलाडी हुन जसले ५ पटक ‘गोल्डेन शु’ पुरस्कार जिते।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal